मानबहादुरको सहयोगको लागी कुटुम्बरी साइने चलचित्र प्रर्दशन गरिने

August 3, 2017

न्युयोर्क- उपचार खर्चको अभावमा छटपटाइरहेका हिलेटक्सारका मानबहादुर गुरुङको सहयोगर्था यही अगष्टको ५ तारिख न्युयोर्कको क्वीन्सस्थित गुल्सनटेरसमा कुटुम्वरी साइनो चलचित्र प्रर्दशन गर्ने भएको छ । ३४ वषिर्य मनवहादुर विगत ३ वर्ष देखि मेरुदण्डको समस्याबाट पिडित छन् । उनको उपचारको सहयोगको लागी उक्त फिल्म गमप्रसाद गुरुडको पहलमा न्युयोर्कमा प्रर्दशन गर्न लागेको हो । सुवास गुरुङको कथा तथा निर्देशनमा लमजुङमा छायाङकन गरेको यो चलचित्र गुरुङ सस्कृतिमा आधारित छ ।
हृयीलचेयरको साहार लिदै सहयोगको खोजीमा रहेका मनवहादुरले सहयोगको अपिल गरेको समाचार गत असारको अन्तिम साता रेडियो मस्र्याङदीको वेभसाइटमा गम गुरुङले देखेपछि उनको उपाचारका लागि सहयोग जुटेका थिए ।
लमजुङमा पुरै छायाङकन गरेको यो चलचित्रको टिकट विक्रिबाट उठेको रकम प्रर्दशनका क्रममा लागेको खर्च कटाएर बाकी हुने सबै रकम पिडितलाई प्रदान गर्ने भएकोले सवैलाई सहयोग गरिदिन गमगुरुङले सवैलाई आग्रह गरेको छ ।
गाउघरमा सामान्य विजुलीको काम गरी जिविकोपार्जन गर्दै आएका मनवहादुरको विद्युत् लाइन जोड्ने क्रममा पोलबाट खसेर ढाड भााचिएको थियो । ३ वर्ष अघि साउन महिनामा भएको उक्त दुर्घटनाले उनको जिवन अस्तव्यस्त बनाइदिएको छ । दुई छोरा र एक छोरिको पिता मनबहादुरको उपचारको लागि हाल सम्म १७ लाख भन्दा वढि खर्च भैसकेको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार