मुक्तक

March 22, 2020

सकुन ज्ञवाली

 

छिट्टै मात्छ धनको गन्ध सुघ्यो भने मान्छे
ऊम्लिहाल्छ अलिमाथि पुग्यो भने मान्छे
फल्या हाँगो नुग्छ सधै थाहै छ र पनि
सानो हुन्छु भन्ने ठान्छ नुघ्यो भने मान्छे ।

कोही युरोप, अमेरिका, मलेसिया, कतारमा छौं
युवाशक्ति सकेसम्म देश छोड्ने हतारमा छौं
मलिला ती खेतबारी बाँझै चउर बनाएर
अझै हामी अर्कैको देश धनी पार्ने रफ्तारमा छौं ।

जिन्दगी त बर्खाको बिस्कुनजस्तै भा छ
उही उठाउँछु, उही पोख्छु यत्ति मलाई थाहा छ
यो गर्छु र त्यो गर्छु सोच्थ्यो सधैं मनले
गर्न केही सक्या छैन उमेरमात्रै गा छ

छिट्टै मात्छु धनको गन्ध सुघ्यो भने मान्छे
ऊम्लिहाल्छ अलिमाथि पुग्यो भने मान्छे
फल्या हाँगो नुग्छ सधैं थाहै छ र पनि
सानो हुन्छु भन्ने ठान्छ नुघ्यो भने मान्छे ।

नजरैले तिर हान्यौ भाग्ने ठाउँ पाइनँ मैले
तिम्लाई छोडी अन्त कतै लाग्ने ठाउँ पाइनँ मैले
हृदयमा तिमी बस्यौ कल्पनामा तिमी तिमी
देउतासँग अरुलाई माग्ने ठाउँ पाइनँ मैले ।

 

सम्बन्धित समाचार