मेट्रो किडस फुटबल प्रतियोगितामा किदुगले विभिन्न स्थान जिते

July 2, 2018


विभिन्न मुलुकका फुटबल क्लबका खेलाडीहरु वीच स्प्रीङ सिजनको मेट्रो किडस फुटबल प्रतियोगिता शनिबार न्युर्योकको क्वीन्सब्लुडस्थित बुसविक पार्कमा सम्पन्न भयो । मेक्सिको, कोलम्बिया, अर्जेन्टीना लगायत अन्य २५ भन्द बढि विभिन्न मुलुकका फुटबल क्लबहरुसग नेपालको प्रतिनिधित्व गदै शेर्पा किदुगको युनाइटेड शेर्पा फुटबल क्लबले भाग लिएका थिए । प्रतियोगिता ८, ९, ११, १३,१५ र १८ वर्ष मुनिको खेलाडीहरुको समुह वीच भएको थियो । यस पटक युनाइटेड शेर्पा क्लबबाट ९ वर्ष मुनि प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए भने ८ वर्ष मुनिको बाल खेलाडीहरुको समुहले दोश्रो स्थान, ११ बर्ष मुनिको बालखेलाडीहरुको समुहले तेस्रो स्थान र १३ वर्ष मुनिको समुह र १५ वर्ष मुनिको बाल खेलाडीहरुको समुहले दोश्रो स्थान हासिल गरेका थिए । त्यस्तै १८ वर्ष मुनिको खेलाडीहरुको समुह तेस्रो भएका थिए ।

प्रतियोगितामा विजेताहरुलाई इन्टर रिजनल मेट्रो किडसको म्यानेजरले पदक र ट्राफि प्रदान गरेका थिए । यस पटकको मेट्रो किडसमा युनाइटेड शेर्पा फुटबल क्लबको ९ वर्ष मुनि समुहका खेलाडी ल्हाक्पा लामाले सवैभन्द धेरै गोल गरेर गोल्डेनबुटको उपाधी पाएका थिए ।

‘ हाम्रो प्रयास र खेलाडीहरुको मेहनेतले यहासम्म पुगेकोमा खुसी लागेको छ ‘ युनाइटेड शेर्पा क्लबका म्यानेजर छिरिङ ग्याल्जेनले भने-‘ क्लबले दिदै आएको तालीम र खेलाडीहरु मेहनेतनै हाम्रो सफलता हो ‘ । उनका अनुसार पेशेवार प्रशिक्षकहरुद्धारा क्लबमा दिदै आइरहेको तालीमकै कारण प्रतियोगितामा सफलता हात पादै आएका छन ।

‘ यहा आएर पनि स्पेनिस, मेक्सिकन र अर्जेन्टीनाका विभिन्न उमेरका खेलाडीहरुसग प्रतिष्प्रर्धा गदै हामी यहा सम्म पुग्नु ठुलो उपलब्धिको रुपमा लिएको छु’ युनाइटेड शेर्पा क्लबको व्यवस्थापन समितिका सदस्य तथा प्रशिक्षक साङबु शेर्पाले बताए । उनका अनुसार क्लबद्धारा दिदै आएको तालीमकै कारण अहिले विगतको तुलनामा खेलाडीहरुको संख्या बडदै आएको छ । ‘ अब अझै पनि उच्चस्तरको तालीमहरु दिन सकेमा भविष्यमा क्लबले धेरै राम्रा खेलाडीहरु उत्पादन गर्न सकिने देखियो’ साङबुले बताए । उनका अनुसार हाल क्लबमा ६ जना अनुभवी प्रशिक्षकहरुले नियमित रुपमा तालीम दिइरहेका छन ।

सम्बन्धित समाचार