मेरिल्याण्डको प्रतिनिधि सभा सदस्यको उम्मेद्धवरमा नेपाली युवा

September 15, 2017

बाल्टिमोरमा बस्दै आएका नेपाली मुलका युवा एचवि भण्डारी मेरिल्याण्ड राज्यको प्रतिनिधी सभा सदस्य पदमा डेमोक्रयाट पार्टीको तर्फवाट प्राईमेरीको उम्मेद्धवर वनेका छन । जन्मथलो पर्वत थापाठाना गाउमा जन्मेको उनी नेपालमा एचवि भनेपनि मेरिल्याण्ड राज्यमा हयारी भनेर चिनिएको छ । आगामी जुनमा हुन लागेको प्राइमेरि निर्वाचनमा जितेपछि मात्र उनी नोभेम्बर ६ मा हुने जेनरल इलेक्सनमा भाग लिन पाउने भएको छ । प्राइमेरि निर्वाचनमा हयारीलाई मेरिल्याण्ड राज्यका डेमोक्रयाट पार्टीका सिनेटरका उमेदवार क्याथी क्लास्मिर लगायतले समर्थन गरेको छ ।

डेमोक्रयाट पार्टीको तर्फवाट एरिक व्रमहवेल,कार्ल ज्याक्सन र हयारी भण्डारी यो टीममा प्रतिनिधी सभा सदस्यको लागि डिष्ट्रिक ८ वाट प्राइमेरिको उम्मेद्धवार वनेका छन । गत शनिवार मेरिल्याण्डमा आयोजित फण्डरेजिङ्ग कार्यक्रमलाई सम्बोधन गर्दे क्लास्मिरले भण्डारीको लगाव र उनको क्षमताको कारण उनी टीममा पर्न सफल भएको बताएका थिए । ‘ मेरो टिममा लडने साथीहरु सबैले प्राइमेरि इलेक्सन जित्ने भएकोले हयारिले यो नोभेम्बरमा हुन लागेको निर्वाचनमा पनि जित्छ भन्ने मलाई आशा छ ’ एरिकब्रमहलले बताए । लामो समयदेखि अमेरिकी राजनितिमा सक्रिय हयारिले यस अघि सन २०१४ को प्राईमेरी चुनावमा एरिक व्रम्हवल कै टिमसंग केही मत अन्तरले पराजय भोग्नु परेको थियो ।

कार्यक्रममा मेरिल्याण्डका डेलिगेटस इरिक व्रमवेल , डेमोक्रयाट पार्टीका डेलिगेटस उमेदवार कार्ल ज्याक्सन लगायतको उपस्थिति रहेका थिए । डिष्ट्रिक ८ अन्र्तगतको क्षेत्रमा एशियन अमेरिकीको मूलको व्यक्तिको सहभागितालाई डेमोक्रयाट पार्टी भित्र विशेष महत्व दिएको छ । पाटीले लिएको निति अनुसार भण्डारीले पाटी र त्यस क्षेत्रमा गरेको योगदानको कारण हालै वाल्टिमोर काउन्टीले उनलाई एशियन अमेरिकन अवार्ड समेत प्रदान गरेका थिए ।

‘ आफुले गदै आएको कार्यको मुल्याङन गदै शुभेक्छुकहरु र स्थानीय तहको बरिष्ठ नेताहरुले दिएको साथले मलाई थप हौसल्ला मिलेको छ ’ हयारीले भने—‘ सन्सारले जे भनेपनि हामी लागी रहेमा एक चोटि अवस्य पनि जितिन्छ त्यो नेपाली अमेरिकन पुस्ताको लागी कोशेढुङगे सावित हुनेछ ’ । भण्डारीले थपे— हामीले मुलधारको राजनितिको ढोकासम्म जान नसके आगामी पुस्ताको संभवनाको ढोकाहरु असम्भव छ ’ ।

सम्बन्धित समाचार