म्यानहृटनको एमसि हलमा ‘छ माया छपक्कै ‘प्रर्दशन हुने ।

November 12, 2019

म्यानहृटनको मुटु टाइस्वारस्थित एमसि हलमा नेपाली चलचित्र ‘छ माया छपाक्कै ‘ प्रर्दशन हुने भएको छ । प्राय सधै हलिवुडको चलचित्रहरु प्रर्दशन भइरहने एएमसि हलमा कहिलेकाही हिन्दी चलचित्र बाहेक यस अघि नेपाली चलचित्र खासै प्रर्दशन भएको छैन । न्युयोर्कमा नेपाली चलचित्रहरु क्वीन्सको हलहरुमा मात्र प्रर्दशन हुदै आएको छ । यस पटक नेपाली दर्शकहरुको चाहना र चलचित्रलाई विशेष महत्व दिनका लागी आगामी नोभेम्बरको २४ तारिख न्युयोर्कको टाइम्सस्वायरस्थित ‘ छ माया छापक्कै ‘ प्रर्दशन हुने लागेको अमित शाहले बताए ।

चलचित्र हेर्ने दर्शकहरुको लागी अनलाइन र टिकट दुबैकेा व्यवस्था गरे अनुसार साधारण २५ डलर र भिआपि ५० डलर शुल्क तोकिएको शाहले बताए । दिपा तथा दिपकद्धारा निर्मित यो चलचित्र नेपालमा अपार सफलतापछि न्युयोर्कमा प्रर्दशन गर्न लागेको उनले बताए । चलचित्र म्यानहृटनको एमसिपछि क्वीन्सको बम्बे थिएटरमा पनि प्रर्दशन गर्न लागेको शाहले बताए ।

सम्बन्धित समाचार