यिनै हुन् अमेरिकी वायु सेना प्रमुख बनेका पहिलो अश्वेत चार्ल्स

June 10, 2020

वासिङ्टन अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चार्ल्स ब्राउन जुनियरलाई अनुमोदन गरेको अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक हुन्

सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपतिमाइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए

प्रहरी नियन्त्रणमा रहेका एक अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यापछि अमेरिकी समाज राजनीतिक क्षेत्र तनावमा यहीबीचभएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो

ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरेका छन् उनी स्वयं लडाकू बिमानका पाइलटरहनुका साथै उनले दुई हजार ९०० घण्टा सैनिक बिमान उडाएका छन्

ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना भएका थिए उनले वायु सेनाभित्र विभिन्न पदमा रहेर काम गरेका छन् उनल्एफ१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए

सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकीअमेरिकी मूलका रहेका छन्