युएनए मेघा कन्सटमा गम्बु र अन्जुले धमाका मच्चाउने

May 25, 2018

टेक्सासको डालासमा हुन लागेको तेस्रो युएनए सम्मेलनको मेघा कन्सटमा गायक गम्बु शेर्पा र गायिका अन्जु पन्तले धमाका मच्चाउने भएको छ । चर्चित यी कलाकारहरुले २७ तारिख आइतबार बेलुकी सेराटन होटलमा प्रस्तुत गरिने भएको छ । कन्सटकै लागी गायक गम्बु शेर्पा आयोजकको निम्तोमा न्युर्योकबाट शनिबार त्यस तर्फ प्रस्थान गर्ने भएको छ भने गायिका अन्जु पन्त पनि शनिबारनै त्यहा आइपुग्ने भएको छ । दुई दिन हुने सम्मेलनमा दिउसो विभिन्न फोरमहरु, गोष्ठि लगायतको कार्यक्रमहरुको साथमा बेलुकी कन्सट र डिजे हुने भएको छ ।

सम्बन्धित समाचार