युएस नेपाल क्लाइबर्समा नया नेतृत्व

February 23, 2019

युएस नेपाल क्लाइबर्स एसोसियसनमा पासाङ ङिमा शेर्पाको नेतृत्वमा नया कार्यसमितिमा चयन गरेको छ । निर्वाचित अध्यक्ष पासाङ ङिमा बु्रकलिन बोल्डरको वाल क्लाम्बिङ प्रशिक्षक र यो अघिको कार्यकालमा सचिव पदमा थिए । त्यस्तै प्रथम उपाध्याक्ष् आशा कुमारी सिंह चयन भएका छन । उनी मद्येश समुदायबाट सगरमाथा गर्ने पहिलो हो । दितिय उपाध्याक्ष्ँ पासाङ शेर्पा, महासचिवमा मिङमार लामा शेर्पा र सचिवमा कर्ण तामाङ चयन भएको छ ।

त्यस्तै कोषाध्याक्षमा पेमदिकी शेर्पा र सहकोषाध्याक्षमा निमडोमा शेर्पा चयन भएका छन । उनीहरु दुबै जना सातै महादेशको उच्च हिमशिखर आरोहण गर्ने नेपाली महिला हुन । सदस्यहरुमा ल्हाक्पा जाङबु शेर्पा डिजे, निमा गेल्जेन शेर्पा, ल्हाक्पा गेलु शेर्पा र सोनाम छिरिङ शेर्पा चयन भएका छन । नवनिर्वाचित अध्यक्ष पासाङ ङिमा शेर्पाले सस्थाको लक्ष्य र उद्धेस्य प्राप्तिको लागी कार्यसमिति र सबैको सहयोगमा थप नया पाइलाहरु अघि सार्ने बताएका थिए ।

 

 

 

सम्बन्धित समाचार