युरोपको डिआरसिमा मगरको उम्मेद्धवरी

October 2, 2017

बेल्जियममा लामो समयदेखिन बसोबास गदै आइरहेको सफल ब्यबसायी तथा एनआरएन आइसिसिका सदस्य नेत्र बहादुर मगरले काठमाडौंमा हुन गईरहेको आठौ अन्तराष्ट्रीय सम्मेलनमा यूरोप सह-संयोजक पदमा उम्मेद्धवरी घोषणा गरेका छन् । सोलुखुम्बु टाप्टिङ २ फतान्जेमा सन् १९७६ मा जन्मिएका मगर सन २००८ मा एनआरएनए बेल्जियममा सचिव पदमा निर्वाचित भएका थिए । त्यतिबेलादेखिन उनी एनआरएनमा निकै सक्रियताका साथ अघि बडदै आएका छन । त्रिभुबन बिश्वबिध्यालयबाट एम एड गरेका मगर यूरोपबासी नेपाली समुदायमाझ बौद्धिक र ईमान्दार व्यक्तिको रूपमा परिचित छन् ।
‘ नेपाल र नेपालीको हितमा कटिबद्ध एनआरएनए अभियानलाई हातेमालो गदै अघि बडनका लागी मैले उमेद्ववारी दिएको हो’ एनआरएनएकर्मि तथा यूरोप सहसंयोजकका उम्मेदवार नेत्र मगरले बताए । नेपाल र प्रबासी नेपाली बीच समुधुर सम्बन्ध बडाई मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा केही गरौ भन्ने सोचका साथ उम्मेद्धवरी दिएको उनले बताए । उनी एनआरएन आइसिसि अन्तराष्ट्रीय समन्वय परिषदले प्रारम्भ गरेका कार्यहरूलाई अघि बडाउन लागी परेको छ । एनआरएन भवन , सामुहिक लगानी ,लाप्राक बस्ती ,एक हजार नमुना घर , भिजन २०२० लगायतका एनआरएनएको बाकी कार्यहरूलाई ब्यबस्थित र पारदर्शी ढंगले पूरा गर्न अथक प्रयत्नका लागी गर्न लागेको उनले बताए ।
उनको घोषणा पत्र यस प्रकार छ ।

आदरणिय गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदका अग्रजहरू, सहयात्री मित्रहरू,यूरोपबासी सम्पुर्ण पन्जिकृत सदस्यज्यूहरू, यही अक्टोबर १४,१५,१६ र १७ काठमाडौमा हुन गईरहेको अन्तराष्ट्रिय समन्वय परिषदको आठौं महाधिबेशनमा संस्थाको मुल मर्म ‘नेपालीद्वारा नेपालीलाई’ भन्ने नारालाई आत्मासाथ गर्दै राष्ट्रिय समन्वय परिषद बेल्जियमको बिभिन्न तहमा काम गर्दै २०१५ देखि १७ सम्मको लागि बेल्जियमबाट केन्ऽीय सदस्य आईसीसीमा रहेर काम गरिसकेको छु।
संस्थालाई अझ सामाजिकरण ,पन्जिकृत सदस्यहरूको उल्लेख्य सहभागिता,नेपाल र नेपाली प्रतिको समन्वयकारी भूमिका, यूरोपबासी नेपालीहरूको एकता र सम्बृद्द नेपाल निर्माणमा युरोपमा उत्पादित दक्ष जनशक्तिलाई स्वदेशप्रति उत्साहित बनाउनको लागि बिशेष पहललाई प्राथामिकतादिने प्रतिबद्दताका साथ संस्थाकाो सहयोगी भूमिकाको लागि र सामाजिक निरन्तरताको लागी आगामी कार्यकाल २०१७-१९ को यूरोप सहसंयोजक DRC मा उम्मेदवार घोषणा गरेको छु । यहाहरूको सहयोग सल्लाह र सदभाव नै मेरो सफलता हो ।
जय एनआरएनए
नेत्र बहादुर मगर
वर्तमान आसिसी सदस्य बेल्जियम एबम
यूरोप सहसंयोजक उम्मेदवार

सम्बन्धित समाचार