राज्यको संरचनामा महिलाको उपस्थिति बढ्दो मन्त्री थापामगर

March 22, 2019

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले मुलुकमा समावेसी निति अपनाए अनुसार स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभामा महिलाको उपस्थिति सन्तोषजनक रहेको बताएकी छन । मन्त्रि थापा मगरले नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका फिवनाले न्युयोकको ज्याक्सनहाइटमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा स्थानिय सरकारमा ४०, प्रदेश र केन्द्रमा ३३ प्रतिशत महिलाको सहभागिता हुनु दक्षिण एशियाको लागि नै नेपाल उदाहरणीय रहेको उल्लेख गरिन् ।

‘ गणतान्त्रिक नेपालको राजनीतिमा यति धेरै महिलाको उपस्थिति हुनु हामी सवैको लागी खुसीको कुरो हो ‘ मन्त्रि थापा मगरले भने-‘ महिलाको सहाभागीतासंगै अब सम्पत्तिमा महिलाको हक संविधानमा नै उल्लेख गरेर पैत्रिक सम्पत्तिमा समेत महिलाको हक सुरक्षित गरेकोले महिलाले पनि सम्पत्ति बेच बिखन गर्न सकिने भएको छ ‘ । अब नीति तथा कानुन बनाएर संविधानको व्यवस्थालाई समावेशी बनाएर कार्यन्वयन गरेर जान सकिने मन्त्रि थापामगरले बताए । सामाजिक संस्कारको नाममा विभिन्न जिल्लामा अहिले पनि महिला छाउपढीमा बस्न बाध्य भएको उल्लेख गर्दै व्यक्तिको मानसिकतामा परिवर्तन नभएकोले महिलामाथि अझै पनि विभेद हुने गरेको दावी गरिन । सामन्ती संस्कार र पित्रृसत्ताका समाजकै कारणले महिलालाई अहिलेसम्म पनि पुरुष सरह अगाडि बढ्न नदिएको आरोप समेत उनीले बताइन । मन्त्रि थापामगर संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित कमिसन अन दि स्टाटस अफ वमन ( सिएसडब्लुको) को ६३ औं सभामा भाग लिन अमेरिका आएकी हुन ।

कार्यक्रममा नेपाल अमेरिकी पत्रकार संघ नेजाका कोषाध्यक्ष मच्छे गुरुङले महिला भनेर सबै महिलालाई एउटै ठाउमा राख्न नहुने भन्दै, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, अपांगता भएका महिला सबैलाई छुटाछुटटै रुपमा व्याख्या गरेर महिलाको पहिचानलाई स्वीकारिनु पर्ने बताइन् । देशको सर्वोच्च पद राष्ट्रपति देखी प्रधानन्यायाधिस, सभामुख समेत महिला भइसकेको उल्लेख गर्दै महिलाको उपस्थिति देखाउनका लागि मात्र नभएर अर्थपूर्ण बनाएर लैजानुपर्नेमा जोड दिईन् । सूचनामा सबैको पहुाचका लागि मातृ भाषामा सूचना प्रसारण गरेर महिला अधिकारको बारेमा जनचेतना फैल्याउन सकिने गुरुङले बताए । कार्यक्रममा महिला महासंघ फिवनाका अध्यक्ष संगिनी रानामगर र सल्लाहकार सुकु राईले मन्त्री थापामगरलाई खादा ओढाएर सम्मान गदै उपस्थित सवैलाई सबैलाई धन्यवाद दिइन ।

उक्त अवसरमा मन्त्री थापामगरलाई नेपाल मगर संघ अमेरिकाले बेग्लै कार्यक्रम गरी कदरपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा मन्त्री थापामगरलाई, मगर संघ अमेरिकाका साथै बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ( फिप्ना) का अध्यक्षले मान रानामगरले गणतान्त्रिक मुलुकमा पनि जनजातिमा माथि विभेद भएको भन्दै जनजातिको साास्कतिक पर्व र चाडपर्वमा दिइदै आएको विदा कटौती गरेकोमा आपत्ति जनाए । त्यस्तै बौद्धमार्गीहरुले विशुद्ध रुपमा प्रयोग गर्दै आएको खादामा प्रतिबन्ध लगाएको पनि मन्त्रीका ध्यानाकर्षण गराए । कार्यक्रममा एनआरएन उत्तर अमेरिका डिआरसी नविन शेरचन, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका -फिप्ना) अध्यक्ष राना मगर,मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगर, एनआरएन न्यू योर्क च्याप्टर उपाध्यक्ष विष्णु राना मगर, तामांग सोसाईटी अफ नर्थ अमेरिका न्यू योर्क च्याप्टर अध्यक्ष गोमा योन्जन लगात विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले पनि मन्त्री थापालाई खादा ओढाएर सम्मान गरेका थिए ।

यसैबीच, तामांग सोसाईटी अफ न्यूयोर्कले कमिसन अन दि स्टाटस अफ वमन ( सिएसडब्लुको) को ६३ औं सभामा भाग लिन नेपालबाट आएका महिला अधिकारर्मीहरुसाग छलफल कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुले महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिमा महिलाको पहुाच बढाउनु पर्नेमा जोड दिएका छन् । आदिवासी महिलाहरु, महिला भएको कारणले, आदिवासी भएको कारणले राज्यबाट पाउने सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको गुनासो गरे । सरकारले संविधानमा आदिवासी जनजातिको लागि भनेर छुटै भनेर व्यवस्था नगरेको कारण स्थानिय सरकार, प्रदेश तथा केन्ऽमा आदिवासी जनजातिको उपस्थित न्युन रहेको बताए । त्यस्तै शिक्षा नभएका कारण वैदेशिक रोजगारीको नाममा बेचबिखनमा पर्नेमा अधिकांश आदिवासी जनजाति महिलाहरु रहेको भन्दै सम्पूर्ण सरोकारवाला निकाय सरकार र समुदायले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सोनी लामा, मञ्चका उपाध्यक्ष यशोकान्ति भट्टचन, कन्या क्याम्पसका लेक्चरर प्रतिमा गुरुङ, संकल्पका उपाध्यक्ष संगीता लामा, र सदस्य उषा राउत, आदिवासी जनजाति महिला महासंघका कोषाध्यक्ष निर्मला भुजेल लगायत सहभागी थिए । कार्यक्रममा तामांग सोसाईटी अफ न्यूयोर्कका अध्यक्ष गोमा योञ्जनले सहभागी अतिथिहरुलाई खादा ओढाएर स्वागत गरेका थिए । यसैबीच सोसाइटीका महासचिव दिपेन्द्र लामाले तामांग सोसाईटी अफ न्यूयोर्कले महिला सम्बन्धि गरेका गतिविधीहरु बारेमा जानकारी गराएका थिए । तामांग सोसाईटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले नेपालमा महिला दिदीबहिनीहरुले महिला अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

सम्बन्धित समाचार