राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान

December 11, 2019

काठमाडौँ — संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आव्हान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पुस ४ गते दिउसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको हो ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत २०७६ पुस १६ : ०० बजे अर्न्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशनको आह्वान गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संसद्‌को यो पाँचाै‌ं अधिवेशन हो । चौथो अधिवेशन असोज २ गते सकिएको थियो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुस ४ गते संसदका दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको थियो । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

 

सम्बन्धित समाचार