लोसार के हो र कसरी मनाईन्छ ?

February 2, 2019

२०७५ माघ २२ गते तदअनुसार २०१९ फेबवरी ५ तारिखदेखि २१४६ स मो फाग्लो ( माटो स्त्री वर्ग सुङगुर ) ल्होसार शुरु हुदैछ । ल्होसार नेपालमा लामा, भोटे, हयोल्मो, तामाङ र गुरुङ आदीले मनाउदछन । ल्होसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नया साललाई स्वागत गर्नेसग गासिएको छ । उदाहरणको लागी पश्चिम मुलुकहरुले बाहृौ महिनाको अन्तिम साझ र नया सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङ समुदायले नया साललाई ल्होछार र अन्य समुदायहरुले नया साललाई ल्होसार भनेर सम्बोधन गदै आएका छन ।

नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोसार ( नया“ साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नया“ साल) को गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुः मुसा–चीवा, गोरु–लाङ, बाघ–तक, ≈ये–खरायो, मेघ–डुक, सर्प–डुल, घोडा–ता, भेंडा–लुक, बाँदर–टे, चरा–च्या, कुकुर–खी र ब“देल–फक हुन । ५ धातुहरुः माटो–स, आगो–मे, काग–सिङ, फलाम–च्या र पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्री–मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।

नेपालमा हालसम्म तोलो लोसार, सोनाम लोसार र ग्याल्बो लोसार गरी तीन प्रकारको लोसार मनाईने गरेको पाइन्छ । तोलो लोसार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नया“ पालुवा फेरिने र यहा“बाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नया“ सालको रुपमा मनाएको पाइन्छ । यो तोलो ल्होछार गुरूङ र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाइन्छ ।

सोनाम लोसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ । कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नया“ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नया“ साल (लोसार) को रुपमा मनाएको विश्वास गरिन्छ । त्यसैले यस लोसारलाई किसान लोसार भन्ने पनि गरिन्छ । नेपालमा सोनाम लोसार तामाङ र हयोल्मो समुदायहरुले मनाइन्छ ।

ग्याल्पो लोसार यो लोसार कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो (धतु) अनुसार नया“ सालको पहिलो दिनलाई लोसारको रुपमा मनाएको देखिन्छ । यो सोनाम लोसार मंगोल वादशाह चाङगिच खा“ले तिब्बतको राजा मिञागको शासन लिएको विजय उत्सवको रुपमा मनाएको विश्वास गरिन्छ । यो लोसार शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाइन्छ ।

घर रङ्गाउने र खाप्से बनाउनेः
लोसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै लोसारको पूर्व तयारीको क्रममा घरहरुमा रङ्ग पोत्ने, लोसारको लागि आवश्यक लुगाहरु सिलाउने र लोसारको लागि किनमेल गर्ने गर्दछन् । लोसार शुरु हुनुभन्दा हप्ता–दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने विभिन्न आकार प्रकारको रोटीको परिकार) बनाईन्छ ।

लोफुतः
लोफुत (अन्न रोपेर उमार्ने) आफ्नो ठाउ“को हावापानी अनुसार लोसारको पहिलो दिन २०७५ माघ २२ गते तद्नुसार २०१९ फेब्रेुअरी ५ तारिख सम्ममा उम्रिने गरी एउटा भा“डामा माटो र बालुवा मिसाएर त्यसमा गहु“को बीउ राखेर उमारिन्छ । यसरी उमे्रको गहुलाई नया“ सालको नया“ बालीको रुपमा पूजा गरिन्छ ।

मैला फाल्ने र गुथुकः
लोसार शुरु हुनुभन्दा २ दिन अगाडि अर्थात् ङिस्यु गु (औशीको अघिल्लो दिन) २०७५ माघ २० गते २०१९ फेबुवरी ३ तारिखमा आफ्नो घरको भित्री भागहरु पूरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह–दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो बा चौबाटोहरुको चोकमा फालेर आ–आफ्नो परिवारको ग्रह दशालाई शान्त र बिसर्जन गरिन्छ । यही दिन सा“झ नौ प्रकारको अन्नहरु मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा आ“टाको डल्लाभित्र सेतो कपडा, गहु“, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आ“टाको एक–एक डल्ला सबैको भागमा राखिन्छ र गुथुक खानुभन्दा अगाडि सो आ“टाको डल्लोभित्र कसको भागमा के परेर भनेर सबैले अगाडि खोलेर हेरिन्छ । सेतो कपडाको अर्थ कामना पूरा हुने, गहु“को अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खुर्सानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ । बौद्ध, कपन, स्वयम्भूका साथै गाउ“घरको मुख्य गुम्बाहरुमा बिदाइ हुने सालको ग्रह–दशाले नया“ सालमा निरन्तरता नपाओस् भनेर ग्रह–दशा शान्त र बिसर्जन गर्न गुम्बाहरुमा बिहानदेखि नै ङिस्युगु पूजा गरिन्छ । यो पूजा सक्नसाथ अधिकांश गुम्बाहरुमा लोसारको बिदा शुरु हुन्छ र लामाहरु लोसार चाडको लागि सबै आ–आफ्ना घर जान्छन् ।

सजावटः
लोसार शुरु हुनुभन्दा १ दिन अगाडि अर्थात् २०७५ माघ २१ गते तद्नुसार २०१९ फेब्रेुअरी ४ तारिख औंशीको दिन सबैले आफ्नो घरलाई विभिन्न सामग्रीहरु प्रयोग गरेर सजाईन्छ । यसरी घरहरु सजाउ“दा विशेषता सम्बोटा लिपीमा टा“सी देलेक लेखिएका वाक्यांश र अष्टमंगलको चिन्हहरु सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनहरुमा लेखिन्छ । गाउ“घरमा आगोको धु“वाले पुरै कालो भएको भित्ता, दलिन र खम्बाहरुमा सेतो पिठोले अष्टमंगल लेखिएपछि घर धेरै उज्यालो देखिन्छ । अष्टमंगल लेख्न नजान्नेहरुले अष्टमंगलको प्रतिक बुढी औंलाले पीठोको आठवटा थोप्ला बनाइन्छ । यहि दिन विशेष गरी पूजा कोठालाई पूर्ण रुपले सिंगारेर भगवानको प्रतिमूर्ति वा फोटो अगाडि नै स–साना सातवटा भा“डामा क्रमशः मुख धुने जल (अघ्र्यम), गोडा धुने जल (पाद्यम), फूल (पुष्पे), धुप (धुपे), छयोमी (आलोक), केशरको जल (गन्धे) र भोजन प्रतिक तोरमा (नैवेद्य) सजाएर राखिन्छ । साथै भगवानको प्रतिमूर्ति वा फोटो राखिएको स्थान (छ्योखाङ) अगाडि पुङ्गी अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाई त्यसमाथि दीर्घायूको प्रतीक कछुवाको आकार बनाएको रोटी, लोसारको बेला आफ्ना नातेदार, इष्ट–मित्रहरुलाई आर्शिवाद दिंदा खुवाउन विशेष प्रकारको काठको भाडामा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएको), काठको पोङभित्र राखेको छ्याङ फु (अमृत जलको प्रतीक पेय पदार्थ), ग्रह–दशाको प्रतिरक्षा गर्न राखिएको ‘डला’ (तरवार वा काट्ने हतियार), पञ्चबुद्ध, पञ्चतत्व र पा“च प्राकृतिक शक्तिको प्रतीक बोसको डण्डामा बेरिएर राखेको पञ्चरड्डिन कपडा र विभिन्न प्रकारको रोटी, मिठाइ तथा बिस्कुटहरु सजाएर राखिन्छ । लोसारका पाहुनालाई बसाल्ने ठाउ“ र खुवाउने खानाहरु सबै तयार पारेर राखिन्छ ।

लोसारको पहिलो दिन गर्ने कार्यहरुः

चोखो पानीः लोसारको पहिलो दिन अर्थात् २०७५ माघ २२ गते तद्नुसार २०१९ फेब्रुअरी ५ तारिख बिहान सबेरै तीन÷चार बजे उठेर हात–मुख धोएपछि सिधै जमिनबाट पानी निस्कने धारामा गएर धारालाई करक्याङ (घीउको थोप्ला), खादा र धुप चढाएर पूजा गरेर पानी थापेर घरमा ल्याइन्छ । धारामा पानी लिन सबै भन्दा पहिला पुग्नेको होडबाजी नै चल्छ ।

 

साङ सेरकिमः यसरी ल्याएको पानी सर्वप्रथम भगवानलाई तिङ (भगवानलाई पानी चढाउने स–साना सातवटा भा“डा) मा हालेर चढाइन्छ र साङ सेरकिम (अशुद्धलाई चोख्याउने) पूजा गरिन्छ । नया“ सालको खान परिकार पहिले भगवानलाई चढाउन लोसारको खानाहरु डेसिल (चामलको खानाको परिकार) खाप्से (रोटीको परिकार) र अन्य लोसारको खाना सबैभन्दा पहिले भगवानलाई चढाइन्छ ।

आशिर्वादः घरको मुली व्यक्तिले छिमार (सगुनको प्रतिक सेतो पिठोको परिकार) र अमृत जल (छयाङ फु) लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाने गर्छ र अलिकति सगुनको लागि दाया“ कुममा छर्किन्छ । त्यसपछि घरका सबै सदस्यहरुले नया“ वा सफा लुगा लगाएर लोसारको छिमार खाना तयार हुन्छन् । छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दाया“ र केटी भए बाया“ कुममा छर्किन्छ । छिमार छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देवर थोपर स्योग” भन्छन् । छिमार स“गस“गै छयाङ्फु (अमृत जल) पनि लिइन्छ । घर परिवारका सबैले छिमार खाईसकेपछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिलपछि खाप्से रअन्य खानाका परिकारहरु खा“दै मनोरञ्जन गर्दै रमाइलो गर्दछन् । लोसारको पहिलो दिन आ–आफ्नै घरमा बसिन्छ । लोसारको पहिलो दिन शुभ तिथि भएमा घरको अगाडि आ“गनमा राखिएको पुरानो धजालाई झिकी नया“ धजा ठडाईन्छ । यदि यो दिन धजा ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनहरुमा ठडाईन्छ ।

लुङ्दार र पिकनिकः लुङ्दार टाङ्ने प्रचलनको शुरुवात् भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइ“मा देवताहरू पराजित भएपछि भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत् दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकोले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लङ्दार टाङ्ने प्रचलन शुरु भएको हो । लङ्दारको पा“च रंगको अर्थ पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । लुङ्दारको सेतो रङको अर्थ बैरोचना बुद्ध (नम्बर नाङजे), निलो रङ अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा), पहेलो रङ रत्न सम्भव बुद्ध (रिङ्छेन जङ्देन), रातोको अमिताभ बुद्ध (नाङवाङ थाये), हरियोको अमोघसिद्धि बुद्ध (तोन योत ठुप्पी) हो । गणितीय ज्योतिष विद्याको आधारमा लुङ्दारमा पाइने पा“च रङलाई धातुको रङ मानिन्छ । जस अनुसार सेतो–फलाम, नीलो–पानी, पहेंलो–माटो, रातो–आगो र हरियो–काठ धातु हुन् । लुङ्दारमा पाइने पा“च रंगले प्रकृतिका पा“च वस्तुलाई पनि जनाउ“दछ । निलो आकाश, सेतो बादल, रातो आगो, हरियो पानी, पहेलो धरती हुन् । लुङ्दार टाङ्नु अगाडि लुङ्दारलाई धर्मगुरुबाट अभिषेक (रप्ने) गरिन्छ ।

लोसारको पहिलो दिन २०७५ माघ २२ गते तद्नुसार २०१९ ˚ेब्रुअरी ५ देखि २०७५ फाल्गुण ७ गते २०१९ फेबुवरी १९ तारिख पूर्णिमासम्म धर्म गुरूहरु र आफ्ना मान्यजनहरुकोमा गएर छिमार खाई आशिर्वाद लिइन्छ । साथै आफ्नो जन्म मिति अनुसार शुभ दिनमा आफ्नै घरमा र अग्ला र स्वच्छ डा“डामा दीर्घायू, सु–स्वास्थ्य र सफलताको कामना गर्दै व्यक्तिगत र सामूहिक तरच्यो (धजा) ठड्याउने र लुङ्दार (पञ्च रड्डिन पताका) टा“गिन्छ । यसरी धजा ठड्याए र लुङ्दार टा“गेपछि पूजा गरिन्छ र अन्तमा सबैले हातमा सेतो सगुनको प्रतीक पिठो र चामल हातमा लिएर २ पटक आकाशतिर उचाल्दै तेस्रोपटक चा“हि “कि‘ कि‘ सो‘ सो‘ होर ग्यलो” भनेर छर्किन्छ ।

लोसारको दिन २०७५ माघ २२ गते तद्नुसार २०१९ फेब्रुअरी ५ देखि पूर्णिमासम्म काठमाडौं उपत्यकाको बौद्ध, स्वयम्भु, काठे सिम्भू, नमोबुद्ध र जामचोकमा तरच्यो (धजा) ठड्याउने र लुङदार टा“गेर कि कि सो सो होर ग्यालो भन्नेहरुको ठूलो भीड लागेको हुन्छ ।

शेर्पा सेवा केन्द्र टुसाल, बौद्धमा शेर्पाहरुको सामूहिक ल्हप्सो पूजा गरिन्छ । अमेरिका, बेलायत, यूरोप, जापान, कोरिया, लगायत विभिन्न देशमा रहेका शेर्पाहरुले पनि सामूहिक ल्हप्सो पूजा गर्दछन् । लोसार शुरु भएदेखि फाल्गुण पूर्णिमासम्म नातेदार, गाउ“ले र आफ्नो मिल्ने समूह मिलेर घरभोज र वनभोज खान्छन् ।

लोसार मनाउदा सबैले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरूः
१) प्रत्येक सालको लोसार सकेसम्म आफ्नो परिवारको सबै सदस्यहरूको सहभागितामा मनाउने गरौं ।
२) लोसारको बेला स्कुल, कलेज र विश्वविद्यालयमा पढ्ने आफ्ना नानीहरूलाई केही दिनको छुट्टी मिलाई घर ल्याउने गरौं साथै आफ्नो नानीहरू पढ्ने स्कुल, कलेज र विद्यालयहरूमा लोसारको मितिबारे पूर्वजानकारी गराउ र सम्भव भए ङिस्यु गु, छेवा चिक र ल्हप्सोका दिन विदाको व्यवस्था मिलाउने वा सो दिन परीक्षाहरू संचालन नगर्न अनुरोध गर्ने गरौं ।
३) लोसारको बेला आफ्नो कार्यालय, संघ÷संस्था, व्यापार, उद्योग र कल–कारखानाहरूमा केही दिनको बिदा दिने प्रबन्ध मिलाऔं ।
४) लोसारको बेला परिवारका सबै सदस्यहरूले आफ्नै जातीय पोशाकहरू लगाउने गरौं ।
५) लोसारको उपलक्ष्यमा टोलका छिमेकी, स्वदेशी तथा विदेशमा रहेका नाता–गोता र मित्रहरूमा मौखिक वा लिखित शुभ–कामना दिने बानी बसालौं ।
६) लोसारको बेला आफ्नो कार्यालय, संघ–संस्था, कल–कारखाना, उद्योग वा व्यक्तिगत तर्फबाट लोसारको शुभ–कामना लेखिएको ब्यानर सडकमा टाँगी लोसारलाई व्यापक प्रचार–प्रसार गरौं ।
७) लोसारको बेला आफ्नो घर र टोल आकर्षण ढंगबाट सिंगारी लोसारको पहिलो दिन सा“झ घर–घरमा झिलीमिली बत्ती बालौं ।
८) आफ्नो नानीहरूलाई लोसारको खानाको परिकार गुथुक (९ थोक मिसाएको खाना), खाप्से (मैदाको पिठोबाट बनाएका विभिन्न परिकारका रोटी), छयाङगुल (विशेष परिकारको जा“ड), छिमार (गहु“को भुटेको पिठोमा घ्यू र चिनी मिसाएको) फकरील (आ“टाको डल्ला उसिनेर घ्यूमा भुटेर चिनी हालेको) र डेसिल (चामललाई घ्यूमा भुटेर काजु, किसमिस मिसाएका)े आदि खानाहरु बनाउने र सजाउने तरिका सिकाउने गरौं ।
९) ङिस्यु गु, लोसार र ल्हप्सो पूजा किन र कसरी गरिन्छ भन्ने बारे परिवारका सबैले जानकारी लिने गरौं ।
१०) लुङ््दार टाङ्नुको उद्देश्य र लुङ्दारमा हुने पा“च रंगको अर्थ बारे बुझिराखौं । लुङदार टाङ्ने प्रचलनको शुरुवात भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुरबीचको लडाइ“मा देवताहरू पराजित भएपछि भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत् दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकोले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्दार टाङ्ने प्रचलन शुरु भएको हो । लुङ्दारको पा“च रंगको अर्थ पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ्ग हो । लुङ्दारको सेतो रङको अर्थ बैरोचना बुद्ध (नम्बर नाङ्जे), निलो रङ अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा), पहेलो रङ्ग रत्न सम्भव बुद्ध (रिङ्छेन जङ्देन), रातोको अमिताभ बुद्ध (नाङवाङ थाये), हरियोको अमोदसिद्धि बुद्ध (तोन योत ठुप्पी) हो । गणितीय ज्योतिष विद्याको आधारमा पा“च रङ धातुको रङ हो, जस अनुसार सेतो फलाम, नीलो पानी, पहेंलो माटो, रातो आगो र हरियो काठ धातु हुन् । पा“च रंगले प्रकृतिका पा“च वस्तुलाई जनाउ“दछ । निलो आकाश, सेतो बादल, रातो आगो, हरियो पानी, पहेलो धरती लुङ्दार टाङ्नु अगाडि लुङ्दारलाई धर्मगुरुबाट अभिषेक (रप्ने) गर्नु नभूलौं । बोट विरुवाको संरक्षणको लागि सम्भव भएसम्म रुखको टुप्पोको साझा खम्बा गाडेर लुङ्दार टा“गौं । वातावरणलाई सफा राख्न कागजमा लेखिएका लुङ्दारहरू उडाउने प्रचलनलाई न्यूनिकरण गरौं ।

११) बाह्र जनावरको नामबाट सालको गन्ती गर्ने तरिका परिवारमा सबैले सिकौं । बाह्रवटा जनावरको नाम यस प्रकार छ– (१) च्या (चरा) (२) खी (कुकुर) (३) फग (वदेल) (४) चीवा (मुसा) (५) लाङ (गोरु) (६) तक (बाघ) (७) हे (खरायो) (८) डुग (मेघ) (९) डुल (सर्प) (१०) ता (घोडा) (११) लुक (भेडा) (१२) टे (बाँदर) । यस्तैगरी पा“च खाम (तत्व) (१) च्या–फलाम (२) छयू–पानी (३) स–माटो (४) मे–आगो (५) सिङ–काठ दुई लिङ पुरुष र स्त्रीबाट १२० वर्षसम्म गणना गर्ने तरिका सिकौं ।
१२) लोसारको पहिलो दिनदेखि पूर्णिमासम्म धर्म गुरुहरू र आफ्ना मान्यजनहरूबाट छिमार र खाप्से खाई आशीर्वाद लिने बानी बसालौं ।
१३) लोसारमा मनोरञ्जन गर्दा आफ्नै मौलिक रितीरीवाज अनुसार गाउने गीत र नाचगान गर्ने बानी बसालौं ।
१४) लोसारको पहिलो दिन आधुनिक सञ्चार माध्यमहरू ईमेल, मोबाइलमा एस.एम.एस., रेडियो, टेलिभिजन, टेलिफोन र पत्रपत्रिका मार्फत् लोसारको शुभकामना दिने गरौं ।
लोसारमा संघ–संस्थाहरूले निम्न कार्यक्रमहरूको व्यवस्था गरौंः
१) लोसारलाई व्यापक प्रचार–प्रसार गर्न लोसारको अवसरमा पैदल वा मोटरसाइकलको ¥यालीको आयोजना गरौं ।
२) लोसारको बेला सामूहिक ल्हप्सोपूजा र वनभोज कार्यक्रमको आयोजना गरौं ।
३) लोसारको उपलक्ष्यमा शुभकामना आदान–प्रदान गर्न जलपान कार्यक्रमको आयोजन गर्ने गरौं ।
४) आ˚ू नजिकको टिभी, रेडियो र पत्रपत्रिका मार्फत् लोसारको शुभकामना सन्देश दिने गरौं ।
५) लोसारभन्दा केही दिन अगाडि लोसार सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजन गर्ने गरौं ।
६) सञ्चार माध्यमहरूमा लोसार सम्बन्धी लेख रचना पठाउने गरौं ।
७) युवा पुस्ताहरूलाई लोसारप्रति रुचि बढाउन लोसारको खाना बनाउने तालिमको आयोजना गरौं र तालिम समाप्त भएपछि लोसारको खाना बनाउने प्रतियोगिता सञ्चालन गरौं ।
८) लोसारको बेला ङिस्यू गु, औंसी र छेवा चिक गरी जम्मा तीन दिन स्कुल, कलेज र विश्वविद्यालय बन्द गराउने व्यवस्था गरौं वा लोसारको बेला महत्वपूर्ण परिक्षाहरू सञ्चालन नगर्न अनुरोध गरौं ।
९) नजिकका सञ्चार माध्यमहरूमा लोसारको शुभकामना सन्देशहरू सहुलियत दरमा प्रकाशन–प्रसारण गर्ने व्यवस्था मिलाऔं ।
१०) स्थानीय प्रशासनलाई लोसारको बेला सुरक्षा, ट्राफिक व्यवस्था, विद्युत तथा पानी वितरणको उचित व्यवस्थाको लागि अनुरोध गरौं ।
११) सरकारी कार्यलयहरूलाई विभिन्न सञ्चार माध्यम मार्फत् लोसारको शुभकामना प्रदान गर्न लगाऔं ।
१२) लोसार एउटा राष्ट्रिय चाड पनि भएको हुनाले लोसार कार्यक्रमको लागि राज्यकोषबाट बजेटको माग गरौं ।
१३) विद्यार्थीहरूबीच लोसार कार्ड बनाउने प्रतियोगिता सञ्चालन गरौं ।
१४) लोसार आउनुभन्दा केही महिना अगाडि लोसारको विभिन्न प्रकारको शुभकामना कार्ड तयार गरी विक्री–वितरण गर्ने व्यवस्था गरौं ।
१५) लोसारको पहिलो दिनको सा“झ सरकारी कार्यालयहरूमा दिपावली गर्न अनुरोध गरौं ।
१६) लोसारको बेलामा आफ्नो मौलिक संस्कृति झल्कने सांस्कतिक कार्यक्रमहरू आयोजना गरौं ।
१७) लोसारको बेलामा विभिन्न स्थानमा स्वागत गेट राख्ने व्यवस्था गरौं ।
१८) लोसारको बेला अनाथ, असहाय र वृद्धाश्रमहरूमा लोसारको खाना खुवाउने कार्यक्रम आयोजना गरौं ।

आफ्नो संस्कृति संरक्षणको लागि सबैले ध्यान दिनुपर्ने कुराहरूः
१) हाम्रो संस्कृतिको प्रतीक मातृभाषालाई जीवित राख्न आफ्नै मातृभाषा बोलौं र आफ्ना नानीहरूलाई मातृभाषा सिकाऔं ।
२) एक–आपसमा भेट्दा, छुटिन्दा र बिदा भएर जा“दा आफ्नै मौलिक परम्परा अनुसार मातृभाषामा अभिवादन भन्ने गरौं ।
३) ठूला–ठूला व्यापारिक, राजनीतिक तथा सार्वजनिक सभा, समारोह, भेला तथा पार्टीहरूमा आफ्नै मौलिक पोशाक लगाएर आफ्नो जातिहरुको सहभागिता र उपस्थितिको बोध गराऔं ।
४) बिहान, बेलुकी र विभिन्न धार्मिक सभामा मणी जप्न साथमा ठङा बोक्ने गरौं ।
५) आफ्नो घर वा डेरामा बुद्ध धर्मका झण्डा राख्ने गरौं ।
६) कुनै खाना खानु वा पेय पदार्थ पिउनु अगाडि निम्न प्रार्थना गर्ने गरौं । “तेन्पा लामे साङे रिम्पोछे, क्योप्पा लामे दमछयोई रिम्पोछे, डेनपा लामे गेदुन रिम्पोछे, क्याप्ने क्योन्छयो सुमला छयोपावुल” ।
७) लोप हुन लागेको हाम्रा भा“डा कुँडाहरू आदिको प्रयोग गरी संरक्षण गरौं ।
८) हाम्रो संस्कृति अनुसारको गर–गहना आदिको प्रयोग गर्ने गरौं ।
९) घरहरू बनाउ“दा र सजाउ“दा आफ्नै संस्कृति झल्कने तरिकाले बनाउने र सजाउने गरौं ।
१०) सम्भव भएसम्म आफ्नै मौलिक खानाहरू आदि खाने गरौं ।

आफु बस्ने डेरा वा घरमा कम्तीमा बुद्धको फोटो राखी सातवटा स–साना कपमा बिहान, बेलुकी चोखोपानी चढाई धुप बाल्ने गरौं । सम्भव भए प्रत्येक रात छयोमी बाल्ने, यदि सम्भव नभए औंसी पूर्णेको दिन छयोमी बाल्ने गरौं ।

लोसारको खानाका परिकारहरु
(१) छिमार आर्शिवादको रुपमा ग्रहण गरिने घिउ, चिनी, र पिठोलाई माडेर बनाएको हुन्छ ।
(२) छ्याङबी अमृतको रुप पिउने कुनै पनि तरल पदार्थ हुन्छ ।
(३) खाप्से पिठो, घिउ, चिनी मिसाएर बनाएको लोसारको लागि बनाएको रोटी हो ।
(४) डेसिल घिउमा भुटेको चामल जस्मा काजु, किसमिस, नरिवाल आदि मिसाएको हुन्छ ।

                                                             लेखक संघीय समाजवादी पाटी नेपालका केन्दि्रय नेता हुन ।