विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १ सय ४३

July 5, 2020

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमान र कुवेतमा एक–एक जनाको मृत्यु भएको हो ।

एनआरएनएको तथ्यांक अनुसार शनिवारसम्म विभिन्न १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

हालसम्म विदेशमा रहेका २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भइसकेका छन् । एनआरएनएका अनुसार विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

सम्बन्धित समाचार