विदेशमा बस्ने नेपालीले राजनिति बाहेक सवै अधिकार सहितको नागरिकता पाइन्छ ।

March 30, 2019

एनआरएन आइसिसिको नागरिकता निरन्तरता टक्सफोर्स समितिको कोचेयर तथा बरिष्ठ कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले विदेशमा नागरिकता लिएका व्यक्तिहरुले संविधानमा उल्लेख भए अनुसार नेपालमा राजनिति गर्ने बाहेक सवै अधिकार सहितको एनआरएन नागरिकता पाइने जानकारी दिएको छ । ‘ विदेशमा नागरिकता लिइसकेकाहरुले संविधानमा लेखे बमोजिम राजनितिक अधिकार बाहेक सवै अधिकार सहितको एनआरएन नागरिकता पाइने निश्चित छ ‘ समितिका कोचेयर क्षेत्रीले भने-‘ नेपालको पुरानो व्यवस्थाले अरु मुलुकको नागरिकता लिइसकेकाहरुको नेपाली नागरिकता रद्धा हुने भनिएतापनि संविधानमा उल्लेख भएको अहिलेको व्यवस्था अनुसार एनआरएन नागरिकता दिने पक्का हो ‘ ।

पछिल्लो समय जनमानसमा एनआरएनको नागरिकता अधिकार खोसियो भन्ने भ्रमको पछाडी कोही पनि नलाग्न क्षेत्रीले सवैमा आव्हान समेत गरेको छ । उनका अनुसार एनआरएन नागरिकताले देशमा गएर राजनिति गर्न नपाउने बाहेक धार्मिक, सास्कृतिक र आर्थिक लगायतका सवै अधिकारहरु प्राप्त हुने छ । कोचेयर क्षेत्री सम्मिलित समितिले गत डिसेम्बरमा राज्य व्यवस्था समितिका अध्यक्ष सची श्रेष्ठ, कानुन व्यवस्था समितिको अध्यक्ष कृष्ण भक्त पोखरेल, विभिन्न राजनितिक दलका प्रमुखहरुसंग एनआरएन आइसिसिका अध्यक्ष भवन भट्ट, सस्थापक अध्यक्ष उपेन्द्र महात्तो लगायत विभिन्न मुलुकबाट आएका २० जना प्रतिनिधिहरुले एनआरएन नागरिकताको बारेमा प्रष्ट छलफल गरेका थिए ।

यो समितिले सन १९९० देखिनै विदेशमा बस्ने नेपालीहरुले बंशजको आधारमा नागरिकता निरन्तरता हुनुपर्ने भनी गदै आएको मागको आधारमा सरकारले संविधानमा एनआरएन नागरिकता दिने भनी उल्लेख गरेको क्षेत्रीले बताए । अमेरिकी कानुन व्यवसायी क्षेत्री यो अभियानमा शुरुवातदेखिनै लाग्दै आएका थिए । ‘ विदेशमा बस्नेहरुले बंशजको आधारमा नागरिकता निरन्तर हुनुपर्छ भन्ने उनीहरुको माग जायज हो’ कोचेयर तथा कानुन व्यवसायी क्षेत्रीले बताए । उनका अनुसार पुर्व प्रधानमन्त्रि तथा नेपाली कंग्रेसका पुर्व सभापति स्व शुसिल कोइरालाले अमेरिका आएको बेला एक पटकको नेपाली सधैको नेपाली हुनु पर्छ भनी शुरु गरेको कदमप्रति एमाले लगायत सवै दलले साथ दिएकै कारण नेपालको संविधानमा एनआरएन नागरिकता दिने भनी लेखिएको हो ।

सम्बन्धित समाचार