विश्व शान्तिको लागी न्युयोर्कमा बज्रगुरु पुजा र मन्त्रजप शुरु

July 12, 2019


विश्व शान्ति, मानव कल्याण र दिर्घाकालिन वातवारण संरक्षणको उद्धेस्य अनुरुप शेर्पा किदुगले न्युयोर्कमा पहिलो पटक ३ दिने बज्रगुरु पुजासंगै मन्त्रजप कार्यक्रमको शुरुवात गरेको छ । गुरु रिम्पोचे पदमसंभवको विशेष दिन टेल्दा छेचुको अवसरमा शुरु भएको बज्रगुरु जप बौद्ध धर्म गुरु नाम्खी ङिङपो रिम्पोचेको प्रमुख आतिथ्यमा भएको थियो ।

 

रिम्पोचे गुरु रिम्पोचे पदमसम्भवको २५ चेलाहरु मध्ये महासिद्ध प्राप्त गर्ने नाम्खी ङिङपो रिम्पोचेको आवतारीको रुपमा मानिन्छ । कार्यक्रममा रिम्पोचेले बज्रगुरुको बारेमा विस्तृत जानकारी दिएपछि बज्रगुरुको पुजासंगै उपस्थित सबैले बज्रगुरु मन्त्र जप शुरु गरेका थिए । कार्यक्रममा बौद्धधर्म गुरु टुल्कु, खेन्पो र गेसेहरुको उपस्थिति थिए ।

कार्यक्रममा किदुगका अध्यक्ष उर्गेन शेर्पाले उपस्थित सवैलाई स्वागत मन्तव्य दिएका थिए भने लोपेन नाम्डो गेसोले रिम्पोचेको स्वागतमा तिब्बती भाषामा मन्तव्य दिएका थिए । कार्यक्रम विहिबार, सुक्रबार र शनिबार ३ दिने लगातार मन्त्रजपसंगै आइतबार समापान हुने किदुगको महासचिव कर्मा लामाले बताए ।

उनका अनुसार ३ दिन बज्र गुरु जप गरेको गन्ति गरेर आइतबार रिम्पोचेबाट बज्रगुरुको अभिषेक प्रदान गरिने भएको छ । बज्रगुरु कार्यक्रम किदुगको तल र माथिको दुबै हल भरिएर बाहिर समेत भीडभाड लागेका थिए । कार्यक्रम स्थलमा रिम्पोचे आगमान हुदा शेर्पा किदुगले विशेष स्वागत गरेका थिए ।

सम्बन्धित समाचार