शेर्पा किदुगको धार्मिक नाम रिग्जीन छयोखोरलिङ

May 31, 2018

न्युयोर्कको ज्याक्सनहाइटमा अवस्थित शेर्पा किदुगको धार्मिक नाम रिग्जीन छयोखोरलिङ भएको छ । माथि नया नाम राखेपनि तलमुनि सानो अक्षरमा अंग्रेजीमा युनाइटेड शेर्पा एसोसियन राखिएको छ । नाम सार्वजनिक कार्यक्रमको दिन यो नाम किदुगको सामुन्नेको बोर्डमा राखिएको थियो । किदुगले बोर्डमा छोपिएर राखेको नया नाम ङिङमा सम्प्रदायका धर्म गुरु क्याब्जे दुन्जुम याङसी रिम्पोछेले बुधाबार खोलेर सार्वजनिक गरेका थिए ।

रिम्पोछेको आगमान हुदा धर्मगुरुहरु, किदुगका पदाधिकारीहरु र संरक्षक सदस्यहरु गुम्बा परिसरमा व्यवस्थित रुपमा  थिए । गुम्बाको नामकरण लगतै रिम्पोछे आगामानको स्वागत संगै रिम्पोछेबाट गुम्बाको शुद्धिकरण र प्राण प्रतिष्ठा गरिएको थियो । दुन्जुम याङसी रिम्पोछे ङिङमा परम्पराको उच्च स्थानमा रहेका दुन्जुम रिम्पोछेको निर्माणकाय अवतारको रुपमा मानिन्छ ।

कार्यक्रममा रिग्सुङ लोप्टका प्रशिक्षक गिर्मि छोढकले रिम्पोछेलाई सर्मपित स्वागत मन्तव्य र किदुगको बारेमा जानकारी दिएका थिए । त्यसपछि किदुगका पदाधिकारीहरुले रिम्पोछेलाई मण्डल चढाएका थिए । रिम्पोछेले न्युयोर्कमा शेर्पा किदुगले धर्म संरक्षणका लागी गरेको कार्यहरुको प्रशंसा सहितको मन्तव्यसंगै सवैलाई आर्शीवाद दिएका थिए । कार्यक्रममा शेर्पा कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेपछि सहाभागीहरुले रिम्पोचेको दर्शन गरे । उक्त अवसरमा किदुगका अवतारी लामा टुल्कु, आचार्य ङवाङ सांगे लगायत धर्मगुरुहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा किदुगका अध्यक्ष उर्गेन शेर्पाले किदुगको नामकरणसंगै गुम्बाको शुद्धिकरण र प्राणप्रतिष्ठा गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

तस्विरहरु आङ पासाङ शेर्पा

सम्बन्धित समाचार