शेर्पा किदुगले न्युयोर्कमा दुई दिन फुटबल र भलिबल प्रतियोगिता गदै

August 13, 2019

शेर्पा किदुगले नेपाली समुदायहरु वीच बाषिर्क रुपमा आयोजना गदै आएको खेलकुद प्रतियोगिता ( समर स्पोटस) आगामी अगष्टको ३१ तारिख र सेप्टेम्बरको १ तारिख न्युयोर्कमा हुने भएको छ । किदुगले नियमित रुपमा गदै आएको यो २३ औ सस्कारण हो । विगत झै यस पटक पनि फुटबल र भलिबल दुई खेलमा हुने प्रतियोगिता रेण्डल आइल्याण्ड र क्विन्सविज्र पार्कमा हुने तयारी भइरहेको किदुगको खेल संयोजक फुर्वा शेर्पाले बताए ।

उनका अनुसार यस पटक विभिन्न उमेर समुहको विभिन्न समुदायहरुको पुरुषहरु र महिला खेलाडीहरु फुटबल प्रतिष्प्रर्धा हुने भएको छ भने भलिबल खुल्ला रुपमा प्रतिष्प्रर्धा गराउने भएको छ । प्रतियोगितामा भाग लिन चाहनेहरुको लागी आगामी अगष्ट २६ अन्तिम दर्ता मिति तोकिएको संयोजक शेर्पाले बताए ।

प्रतियोगितामा फुटबल तर्फ प्रथम हुने टिमले ३ हजार डलर र रनरअप हुनेले १५ सय डलर पाउने भएको छ । त्यस्तै महिला फुटबल तर्फ प्रथम हुनेले ५ सय डलर र रनरअप हुनेले ३ सय डलर पाउने भएको छ । त्यस्तै भलिबलमा प्रथम हुने टिमले १ हजार डलर र रनरअपले ५ सय डलर पुरस्कार पाउने भएको छ ।

 

सम्बन्धित समाचार