शेर्पा प्रदेश प्राप्तिका लागि निरन्तर लागिरहने छौंः ग्याल्जे शेर्पा (लामा), अध्यक्ष, नेपाल शेर्पा संघ

January 9, 2020

 

नेपाल शेर्पा संघको अध्यक्षको भूमिकामा छन्, ग्याल्जे शेर्पा । भर्खरै तीन वर्षे कार्यकालका लागि निर्वाचिन शेर्पाले जातीय र सांस्कृतिक पहिचानका आधारमा शेर्पा प्रदेशको लागि निरन्तर संघर्ष गर्ने, आप्mना समुदायको उन्नतिका लागि संघको तर्पmबाट विभिन्न पहलकदमी गर्ने लगायत योजना अघि सारेका छन् । अध्यक्ष शेर्पासँग समसामयिक विषय र संघको आगामी योजनाबारे गरिएको कुराकानी ।

दुई कार्यकाल उपाध्यक्ष रहेर अहिले नेपाल शेर्पा संघको अध्यक्ष हुनुभयो । उपाध्यक्ष र अध्यक्ष हुँदा के फरक छ ?

म दुई कार्यकाल उपाध्यक्ष मात्र होइन, शेर्पा संघमा सदस्यबाट प्रवेश गरेको हुँ । हाम्रा क्रिपासुरु शेर्पा अध्यक्ष हुँदा म सदस्य थिएँ । पेमाछिरी शेर्पा अध्यक्ष हुँदा उपाध्यक्ष र अहिलेको निवर्तमान अध्यक्ष एडी शेर्पाको पालामा उपाध्यक्ष भएर आप्mनो भूमिका निर्वाह गरेँ । पहिले पनि राम्रै भूमिका खेलेको थिएँ । शेर्पा संघलाई कसरी माथि लाने भन्ने कुरामा सहयोग भयो अध्यक्षज्युहरुलाई, अहिलेको कार्यकालमा पनि राम्रो भूमिका खेलेको छु । हालसालै हामीले पाँच करोडको बिल्डिङ किन्ने सौभाग्य पायौं । त्यसमा आर्थिक समिति चाहिँ मेरै संयोजकत्वमा बनेको थियो ।

अध्यक्ष हुनुभयो अबको तपाईंको योजनाहरु के के छन् ?

पहिलो कुरो हाम्रो राजनीतिक मुद्दा छ । शेर्पा प्रदेश र शेर्पा लुङ बनाउन लागिपर्ने, मुद्दा मिल्ने साथीहरुसँग सहकार्य गरेर आप्mनो मुद्दाको उठान गर्ने र त्यसपछि अहिले नै सबै शेर्पाहरु लागेर टुँडिखेलमा प्रदेश चाहियो भनेर त हुँदैन । त्यो देशको राजनीतिक परिवेशअनुसार अघि बढाउँछौं । दोस्रो, शेर्पा संघले पाँच करोड बराबरको बिल्डिङ किनेको छ, ११ हजार इस्वायर फिट बराबरको छ । शेर्पाहरुले मूर्ति किनेको छ । मूर्तिभित्र सबै कुरा राखेर, विधि पुर्‍याएपछि त्यो देउता हुन्छ । त्यसरी नै शेर्पा संघको कार्यालयलाई व्यवस्थित बना

उने काम गर्ने छु । संघको विधानअनुसार प्रदेश, जिल्ला, गाउँपालिका र वडासम्म शेर्पा संघको गठन भइसकेको छ । त्यो सञ्जालाई राम्रोसँग जोडेर एक्टीभ राख्ने छु । कार्यालय व्यवस्थापन भइसकेपछि थिचोमिचोमा परेका, राज्यले भेद्भाव गरेको विषयमा शेर्पा संघले आवाज उठाइरहने छ ।
मेरो तीन वर्षको कार्यकालमा राज्यमा शेर्पाहरुलाई उपस्थिति गराउने विषयमा ध्यान जानेछ । जस्तो निजमती सेवा, आर्मी, पुलिसमा जागिर खाने शेर्पाहरु एकदमै कम छन् । अहिले शिक्षित युवाहरु छन्, पढेलेखेका छन्, तर जागिरमा छैनन् । यिनीहरुलाई राज्यमा जागिर खानको लागि हामी प्रेरित गराउने छौं । निजामतीमा जान लोकसेवा दिनु पर्‍यो, कुन–कुन ठाउँमा जागिर खुलेको छ, लोकसेवा कसरी दिने भन्ने विषयमा तालिम, जागिर खुलेको विषयमा जिल्ला, गाउँ, नगर हँुदै वडासम्म सूचना प्रवाह गर्ने । सुचना प्रवाह गरेपछि जो इच्छुक हुन्छन्, उनीहरुलाई हामीले लोकसेवा आयोग कसरी दिने भनेर तालिमको व्यवस्था गर्नेछौं । तालिम शेर्पा संघले निःशुल्क गराउने छ । र तालिमबाट लोकसेवामा पास भयो भने त्यो मान्छेहरुलाई शेर्पा संघबाट जति सरकारले तलब दिन्छ, त्यसमा ५० प्रतिशतदेखि सय प्रतिशतसम्म दुई÷तीन वर्षसम्म प्रोत्साहन दिने छ । त्यसलाई स्थापित गराउने कामहरुमा सहयोग गर्ने छौं।

यसको मतलब सरकारी सेवामा प्रवेश गर्ने शेर्पालाई प्रोत्साहन दिनुहुन्छ । यसको अर्थ सरकारी तलब थोरै भयो भन्ने हो?

हो, हाम्रो सरकारी तलब निकै कम छ । शेर्पाहरुले सरकारी तलब थोरै भएको कारणले हत्तपत्त जागिर खाँदैनन् । जागिर खान खोज्दैनन् । निजामतीमा जागिर खाने शेर्पालाई सरकारबाट मासिक २० हजार तलब पाउँछ भने शेर्पा संघबाट १० हजार थपेर ३० हजार दिनेछौं । त्यो तीन÷चार वर्षसम्म हुन्छ । जब उ स्थापित हुन्छ त्यो बेला उ आफंैले गर्छ । सुरुको चरणमा उसलाई स्थापित गराउन दिने प्रतिबद्धता गरेका छौं ।

योजना राम्रै देखियो, शेर्पा संघ कति ठाउँमा फैलिएको छ ?

शेर्पा संघ २२ जिल्लामा छ । दुई वटा प्रदेश कमिटी बनेका छन् । २२ जिल्लामा हाम्रो शेर्पा संघ सञ्जाल विकास गरेका छौं । शेर्पा बसोबास रहेको सबै जिल्ला तहमा शेर्पा संघको गठन गर्ने सोच बनिसकेको छ । केन्द्रमा संविधानअनुसार विधानको निर्माण गरेका छौं । २२ जिल्लामा रहेका कार्यसमितिको भवनहरु पनि निर्माण भइसकेका छन् । केन्द्रमा भने भर्खरै बनेको छ । जति गाउँपालिका छन्, त्यसमा पनि रहेको छ । वडामा पनि विस्तार गरिरहेका छौं ।

अधिकांश आदिवासी जनजाति संगठनहरुको एउटा समस्या के छ भने माथिको संगठन बन्छ, जिल्लामा पनि बन्छ तर तल्लो तह अर्थात् ग्रामीण तहका आममान्छे चाहिँ जोडिँदैन । तपार्इंहरुको अवस्था के छ ?

पहिला त्यस्तो थियो, अब त्यस्तो हुँदैन । शेर्पा संघमा वडासम्मका प्रतिनिधि छन् । एउटा गाउँपालिकामा चार घर रहेको छ भने पनि त्यसको प्रतिनिधि शेर्पा संघमा हुने गर्दछ । त्यहाँसम्म हाम्रो सञ्चार प्रवाह हुन्छ, सूचना प्रवाह गर्ने स्वयम्सेवक बनाउने कुरा छ । मेरो कार्यकालमा केही लक्ष्यहरु छन्, पहिलो कुरा रोजगारदाता बैंकको सिर्जना गर्ने, बेरोजगार युवाहरु पढेको होस् या नपढेको होस् सबैको रोजगार दिने व्यवस्था मिलाउने । कुनै पनि क्षेत्रमा यस्ता–यस्ता किसिमका मान्छेहरु चाहियो भन्यो भने शेर्पा संघमा जानकारी हुन्छ । र, हामीले पनि जो रोजगार छैनन् उनीहरुले शेर्पा संघमा जानकारी दिन्छ । त्यो शेर्पा संघले को–को कहाँ माग भएको छ त्यो अनुरोध गर्नपर्ने के छ, त्यो शेर्पा संघले गर्दछ ।

यो चाहिँ शेर्पा संघले रोजगार एजेन्सीको काम गरेजस्तो हुँदैन र ?

यो होइन, हामीले कुनै कमीसन लिएर काम गर्ने होइन, सहुलियत गर्ने हो । मेरै कम्पनी छ कति जना कर्मचारीहरु आवश्यक हुन्छ । तर शेर्पाले त थाहा हुँदैन । म शेर्पा भएको नाताले शेर्पा नै लगाउन खोज्छु । त्यो कुरा त थाहा हुँदैन नि ! शेर्पा संघले बेरोजगार युवाहरु दियो भने उसको क्षमताअनुसार काम गराउन सकिन्छ । जस्तो, म कन्स्ट्रक्सनको क्षेत्रमा लागेको छु । अशिक्षित मान्छेहरुलाई डोजर अपरेटर, रोलर अपरेटर, टिपर अपरेटर, स्काभेटर अपरेटरहरुमा काम छ नि ! पढेलेखेका मान्छेलाई एकाउन्टेन, सबओभरसियर, ईन्जिनियरदेखि लिएर विभिन्न तहअनुसारको काम छ नि त । कान्तिपुरमा विज्ञापन गर्दा पनि आउँदैन । जो हाम्रो शेर्पा संघको माध्यमबाट भयो भने केही शेर्पाहरु आउँछन् । पहिलो चरणमा नआउला, दोस्रो चरणमा दुई सय शेर्पा आए भने उनीहरुलाई रोजगार दिलाउने त शेर्पा संघ भयो नि ।
शेर्पा संघद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धि कोष व्यवस्था गर्ने । जो उच्च तहको शिक्षा हासिल गर्न चाहन्छन्,तर आर्थिक स्थिति खराब छ, तिनीहरुलाई शेर्पा संघको माध्यमबाट उच्च शिक्षा हासिलको लागि प्रदान छात्रबृत्ति दिने लक्ष्य रहेको छ । त्यस्तो गर्दा शेर्पा संघमा दाताहरु रहेको हुन्छ । शेर्पा संघबाट जोकोहीले बुवा वा आमाको नाममा अक्षय कोष खोलेर छात्रवृद्धि दिन सक्छन् । विभिन्न विदेशी मुलुकमा हाम्रो सञ्जाल छ । जस्तो यूकेको शेर्पा संघ छ । हामीले शेर्पा संघको मध्यामबाट वार्षिक पाँच लाख पैसा त्यहाँबाट दिनुस् भन्छौं । जेहेन्दार विद्यार्थी खोज्ने, छनोट गर्ने काम शेर्पा संघले गरेर त्यसलाई निरन्तरता दिने शेर्पा संघको लक्ष्य छ ।
अर्को कुरा, अहिले पाँच लाख शेर्पा रहेको दाबी छ । अब २०७८ को जनगणना सुरु हुँदै छ । यसमा जनचेतनामूलक कार्यक्रम गराएर शेर्पाहरु कहाँ कहाँ बसिरहनुभएको छ । शेर्पाहरुको थलोमा पुगी राम्रोसँग डाटा संकलन भएको छ कि छैन, शेर्पाको जात राम्रोसँग भरेको छ कि छैन, धर्ममा बुद्धिस्ट राखेको छ कि छैन यी, यस्ता कुराहरुमा शेर्पा संघले २०७८ को जनगणनमा स्वयम्सेवक पठाएर सत्य, तथ्य पत्ता लगाउनेछौं । शेर्पा कति छन् त, शेर्पा कहाँ छन् त, कसरी बसेका छन्, त्यसको शैक्षिक योग्यता कति छ, पेसा के हो भन्ने क्लियर डाटा निकल्ने योजना छ ।
शेर्पाहरुको बसाइ रिमोट एरिया छ, त्यहाँबाट आएका केही शेर्पाहरुको राम्रो हैसियत पनि बनेको छ, शेर्पा संघले त्यस्तो ठाउँको विकासमा प्mयासिलिटेसनको काम गर्न सक्छ कि सक्दैन ?
अहिले शेर्पाहरु बसाइँ सरेर हिंडिरहेका छन् । शेर्पाको थातथलोमा अरुको हस्तक्षेप भइरहेको छ । अब शेर्पा संघले के पनि काम गर्छ भने जुन थातथलो शेर्पाहरु बसिरहेका छन्, त्यहाँ सहजीकरण गर्नेछ । जस्तो कृषकहरुलाई चौंरी चराउँदा के आवश्यक पर्छ, के अप्ठ्यारो छ ? अहिले राष्ट्रिय निकुञ्जहरुले त चांैरी चराउन देको छैन, खेतीपति ग¥यो भने बारीहरुमा जंगल नजिक भएर बाँदर आउने, चितुवा, भालु आउने, दुम्सीहरुले डिस्र्टब गरिरहेको छ । तर, त्यसमा सरकारबाटै स्वीकृति लिएरै जुन थातथलो शेर्पाहरुलाई नछोड्नलाई कृषिमा लागेको मान्छेलाई पनि सहुलियतसहित शेर्पा संघले तालिमको व्यवस्था गर्ने, पर्यटनमा लागेको छ भने पर्यटनसम्बन्धी तालिमहरुको व्यवस्था गर्ने, अब होटेल व्यवसायमा लागेकालाई होटेलसम्बन्धी बेलाबेलामा तालिम ब्यवस्था गर्ने र राजनीतिक रुपमा पनि जनचेतना फैलाउने काम गर्नेछौं ।
हुन त, शेर्पा संघ राजनीति गर्ने थलो होइन तर विशुद्ध गैरराजनीतिक थलो भए पनि जनतामा राजीतिक चेतना पनि हुनु पर्ने हुन्छ । हाम्रो शेर्पाहरुमा पनि गाउँ–गाउँ र तल्लो तहसम्म राजनीतिक चेतना जगाउने र गाउँमा बसे के हुन्छ र सहरमा बसे के हुन्छ भनेर सकभर जनचेताको विकास गरी आफ्नो थातथलो नछोड्नको लागि त्यहाँ उपयुक्त वातावरण तयार गर्ने शेर्पा संघ योजना रहेको छ ।

शेर्पा प्रदेशको कुरा पहिले एक चरणमा जोडतोडको साथमा उठेको थियो, अब त्यसको तयारी कसरी अगाडि बढिरहेको छ ?

मैले अघि नै भनि सकें, अहिले हामीले एक लाख शेर्पा टुँडिखेलमा लगेर प्रदेश पाउनेवाला छैन । हिजो १४ प्रदेशमा हुँदाखेरी शेर्पा प्रदेशको नाम पनि स्पष्ट रुपमा लेखेर राखेको छ । हामीले प्रचण्ड प्रधानमन्त्री हुँदा सोलुमा प्रचण्डलाई नै लागेर शेर्पा भेषभुषा लगाएर नै शेर्पा राज्य घोषण गरेको हो । ठूलो जातिहरु बहुसंख्यक जाति भएको नेवार, तामाङ र गुरुङले आप्mनै नामको प्रदेश पाएको छैन । सबै प्रदेशले पाएको छैन नि । जुन त्यो प्रदेश पाउने सिलसिलमा देशको माहोलअनुसार मुद्दा मिल्नेहरुसँग मिलेर हाम्रो आवाज उठाउने छौं । शेर्पा प्रदेश प्राप्तिका लागि निरन्तर लागिरहने छौं ।

आदिवासी जनजातिको अन्दोलनको कुरा यसमा जोडेर आउँछ । शेर्पा संघ रिसोर्सको हिसाबले अरु जातिभन्दा राम्रो रहेको छ । जनसंख्या पनि ठिकै हो । आदिवासी जनजातिको आन्दोलन पिँधमा पुगेको देखिन्छ यसलाई उठाउन कस्तो खालको छलफल, तयारी के हुँदै छ शेर्पा संघको तर्फबाट केही पहल भएको छ ?

म भर्खर निर्वाचित भएर अएको छु । अब सबै ५९ जनजातिका अध्यक्षहरु हुनुहुन्छ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षसँग भ्रमण वर्ष २०२० को सन्दर्भमा भेट्ने मौका पाएको थिएँ । यसमा छिट्टै नै बसेर सम्पूर्ण जातिहरुसँग छलफल गरी कसरी अगाडि बढ्ने र सहकार्य कसरी गर्ने भन्ने निर्णय गर्ने छौं ।

शेर्पाहरु धेरै जसो पर्यटन क्षेत्रमा लागेको देख्न सकिन्छ तर तपाई फरक क्षेत्रको हुनुहुन्छ । शेर्पालाई चिनाउने त पर्यटन क्षेत्र नै हो यसमा शेर्पा संघले केही कार्ययोजना बनाउने तयारीमा छ कि छैन ?

अहिले शेर्पाहरुलाई सबैभन्दा असर गरेको भनेको ग्लोबल वार्मिङ नै हो । ग्लोबल वार्मिङ भनेको त्यहाँको विभिन्न प्रकृति मास्ने, तोडफोड गर्ने जस्ता विभिन्न कारणले असर गरिरहेको छ । यसमा हामीले वातावरण संरक्षण गराउने, थातथलोहरुको संरक्षण गर्ने, हाम्रो त्यहाँ पर्यटकहरु किन आउँछन् । नेपालले शेर्पालाई चिनेको छैन विदेशमा चाहिँ जो अन्तर्राष्ट्रिय ब्राण्ड बनेको छ शेर्पा । शेर्पा को हो, भनेर विदेशीले मात्र चिनेको छ । तर नेपालले चिनेको छैन । अब मेरो कार्यकालमा नेपाली टाईम र अंग्रेजी टाईम भन्छांै । अब हाम्रो शेर्पा ब्राण्डलाई शेर्पा टाइम पनि राख्ने भन्छु म । जसलाई नेपालीले अंग्रेजी टाईम भन्छ त्यसलाई शेर्पा टाईम बनाउने योजना छ । जस्तो मैले ११ बजे मिटिङ तोकेको छु भने ११ बजे नै मिटिङ सुरु गर्ने हो । चाहे मिटिङमा दुई÷चार जान नै किन उपस्थित नहोस् मिटिङ सुरु गरिहाल्ने ।
मेरो कार्यसमिति अलि ठूलो रहेको छ । मैले के भनेको छु भने शेर्पा टाइम भनेका छौं । कहिलेकाहीं ढिला हुन सक्छ त्यो बाहेक ११ बजे मिटिङ छ भने ११ बज्नुभन्दा १० मिनेट पहिला पुग्नु पर्ने हुन्छ । मिटिङ सुरु भइसकेपछि ढिला आयो भने त्यहाँ कसैलाई नमस्ते भन्ने होइन खुसुक्का पछाडि गएर बस्ने हो । र आफ्नो कुरा मौकामा राख्ने । हामी मिटिङ बसिरहेको हुन्छ । पछि आउने चाहिँ ढल्की–ढल्की साढे ११ बजे आएर टासिदेले, नमस्कार भनेर सबैलाई भन्छ ।
सबैको ध्यान उ तिर हुन्छ । यसमा मैले के भनेको छु भने ११ बजे बैठक सुरु भए पनि टासिदेले र नमस्कार केही पनि भन्नु पर्दैन भनेको छु । यसमा आफैबाट सुरुवात गरेका छौं । शेर्पा ब्राण्ड र शेर्पा टाईम हुन्छ । यसलाई जोगाउनको लागि अंग्रेजी टाईम अर्थात् शेर्पा टाईमको रुपमा हुनेछ ।

ल्होछार पनि आउँदै छ, ग्याल्पो ल्होछारको तयारी कस्तो हुँदै छ ?

मेरो कार्यकाल नयाँ हो । ग्याल्पो ल्होछारको लागि भ्रातृ संगठनहरु रहेको छ । हाम्रो कल्चरल गु्रप हेर्ने छुट्टै रहेको छ, विद्यार्थीको छुट्टै छ, महिलाको पनि छुट्टै रहेको छ । युवाहरुको छुट्टै रहेको छ र कलाकारहरुको पनि छुट्टै रहेको छ । हाम्रो पाँच वटा भ्रातृ संगठनहरु छुट्टाछुट्टै रहेको छ । ती भ्रातृ संगठनहरुलाई डाकेर हामीले कल्चरलाई समावेश गराउँछौं । अहिलेको ग्याल्पो ल्होछार पहिलेको जस्तो हुँदैन । अहिलेको ग्याल्पो ल्होछार केन्द्रीय समितिदेखि प्रदेश कमिटी, जिल्ला हुँदै गाउँटोलसम्म सबैलाई ग्याल्पो ल्होछार कसरी मनाउने, शुभकामना कसरी दिने । जस्तो दसैै तिहारमा जस्तै हाम्रो ल्होछारमा सन्देश सबैमा पुग्ने छ । गाउँ–गाउँमा विभिन्न एफएमहरु खोलेका छन् । दोलखा एफएम, सोलु एफएम रामेछाप एफएम लगायत छन् । ती एफएमबाट सबैलाई जागरुक गर्ने, सबै विधिहरु सिकाउने, गुदुक खाने, पूजा गर्ने दिन, घरमा ध्वजापतक लगाउने दिन हुन्छ । तीनलाई सजग गराउने । कति शेर्पाहरु तराईमा बसेका छन् । तिनीहरुले आफ्नो संस्कार बिर्सिसकेका छन् । तिमीहरुले ल्होछार मनाउने हो भनेर एफएमबाट सुनाउने र यो काठमाडौंमा भएको, बसेका शेर्पाहरुलाई भब्यताका साथ मनाउने त छँदैछ । ग्रासरुटमा बस्ने शेर्पाहरुका लागि ल्होछारसम्बन्धी जुझारु बनाएर त्यस सम्बन्धी गौरव गर्ने खालको परिस्थिति बनाउनेतिर लागिरहेका छौं ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?

मेरो कार्यकालमा एउटा ठूलो शेर्पा संग्रहालय बनाउने इच्छा छ । हामीले भवन खरिद गरिसकेका छौं । अब यसमा बाहिरी अन्तर्राष्ट्रिय समुदायले हेर्दा शेर्पा कसरी बसेको छ, रीतिरिवाज के हो, कसरी खान्छ, कसरी लगाउँछ भन्ने सम्पूर्ण सन्देश दिने खालको एउटा संग्रहालय बनाउने ठूलो ईच्छा रहेको छ । त्यो संग्रहालय तीन वर्षे कार्यकालमा बनाइसक्नेछौं ।

सम्बन्धित समाचार