शेर्पा समुदायबाट पहिलो मुटुरोग विशेषज्ञ डा. कुन्जाङ सम्मानित

February 27, 2020

शेर्पा समुदायबाट पहिलो मुटुरोग विशेषज्ञ डा कुन्जाङ शेर्पालाई शेर्पा सेवा केन्द्र बौद्धले शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होसारको अवसरमा विशेष सम्मान गरिएको छ ।

केन्द्रले शेर्पा समुदायमा पहिलो मुटु रोग विशेषज्ञ तथा डिएम कार्डिलोजिष्ट हुन सफल भएकोमा डा कुन्जाङलाई सम्मान गरेको हो ।

उक्त अवसरमा उनीसँगै पेट रोग सम्बन्धी डिएम गरेका डा छिरिङ वाङदी शेर्पालाई पनि सम्मान गरिएको थियो । उनीहरु दुबैलाई केन्द्रका अध्यक्ष श्रीमति सोनाछोटि शेर्पाले खादा र प्रमाण पत्रले सम्मान गरेका थिए ।  डा छिरिङ वाङदी सोलुखुम्बु नाम्चे निवासी हुन । सोलुखुम्बु सल्लेरीमा जन्मेका डा कुन्जाङ गंगालाल मुटुरोग अस्पतालमा मुटुरोग विशेषज्ञको रुपमा कार्यरत छन् ।

उनले नेपाल मेडिकल कलेज जोरपाटीबाट एमविविएस र विपि कोइराला स्वस्थ्य तथा विज्ञान प्रतिष्ठान धरानबाट इन्टरनल मेडिसिनमा एमडि गरेका थिए ।

त्यस लगतै प्रतिष्ठानमा एसिष्टेन्ट प्रोफेसर भएर दुई बर्ष कार्य गरेका थिए । त्यसपछि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्धारा डिएम कार्डियोलोजिको तीन बर्षे छात्राबृतिमा छनौट भई तीन बर्ष अध्ययन पुरा गरि हालै डिएम कोर्डिलोजिको जाचमा उर्तिण भई डिएम हुन सफल भएका छन् ।

यस अवधीमा उनले मुटु रोग सम्बन्धीत विभिन्न स्वस्थ्य शिविरहरुमा भाग लिनुको साथै अनुसन्धान कार्यमा लाग्दै आएका थिए । डा कुन्जाङ सोलुखुम्बु सदरमुकामस्थित जनजागृति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक आङ दावा शेर्पा र बाणिज्य बैक सल्लेरीका पूर्व कर्मचारी पासाङ दिकी शेर्पाको छोरा हुन ।

सम्बन्धित समाचार