‘सकारत्माक सोचले सवैलाई सुखी बनाउछ ‘ कर्ण शाक्य

July 2, 2019

नेवा नखः न्युयोर्कले सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्य संगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगायत अन्य शहरका नेपाली अमेरिकन बुध्दिजीबी, समाजसेवी , पत्रकार, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरूको उपस्थिति थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कर्ण शाक्यले सकारात्मक सोचले ब्यक्ति, समुदाय तथा राष्ट्रको बिकासमा महत्वपुर्ण योगदान पुग्ने बताएका थिए । सकारत्माक सोचले आफनो निजी जीबन, समुदाय तथा राष्ट्रलाई फाइदा पुग्ने भएकोले न्यूयोर्कमा सकारात्मक सोच समूह बनाउन पनि आग्रह गरेका थिए । आफु ‘ कर्ण सकारात्मक कोषको अभियानमा लागेको बताएका थिए । नेपालमा समास्या भएको वितिकै सरकारलाई गाली गर्ने प्रति उनले गलत भएको बताए । ‘ नेपाल बिगि्रयो भन्नेहरुको हकमा नेतालाई गाली गर्छ त्यो ठिक होइन नेपाल बिगि्रनु हामी जनताको ठुलो हात छ ‘ शाक्यले भने-‘ जहिले पनि अरुलाइ दोष दिनु भन्द पहिला आफनो बारेमा पनि सोच्नु पर्छ’ । सकारत्माक सोचकै कारण सवैको भलो हुने भएकोले सकारत्माक सोचको बारेमा मनको कुराहरु राख्दै पुस्तक प्रकाशन गरेको शाक्यले बताए । नेवा नखका अध्यक्ष बिष्णुमान प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा नखका उपाध्यक्ष महेन्द्र वीर बज्राचार्यले प्रमुख अतिथि तथा उपस्थित सहभागीहरूको स्वागत गरेका थिए ।

त्यस्तै नेवा नखका सल्लाहकार अजय छोचूंले प्रमुख अतिथि कर्ण शाक्यले नेपाली समाजमा गरेकेा योगदानसंगै उनको परिचय दिएका थिए । कार्यक्रममा कन्सुलेट कृशु क्षेत्रीले मन्तब्यमा’ कर्ण शाक्यको सोच पुस्तकबाट आफु निकै प्रभावित भएको बताएका थिए । कार्यक्रममा अध्यक्ष बिष्णुमान प्रधानले उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिंदै आफु सकारात्मक सोच कार्यक्रमबाट निकै प्रभावित भई आजै देखी सबैले सकारात्मक सोच लिएर अगाडी बढौं भनेर अनुरोध गरेका थिए । कार्यक्रममा सकारात्मक सोचका अभियान कर्ता कर्ण शाक्यको नयां पुस्तक ‘कोश’ को बिमोचन नखका अध्यक्ष बिष्णुमान प्रधान तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार बीरेन्द्र प्रधानले गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथिलाई शाक्यलाई नखका अध्यक्ष बिष्णुमान प्रधानद्वारा खादाले र सचिब संगीता मुखिया छोचूंले फूलको गुच्छाले स्वागत तथा सम्मान गरेका थिए । नखका महासचिव डा. नरेश शाक्यले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित समाचार