समुदाय र देशको सहयोगी बन्दै मुस्ताङ किदुग

February 15, 2018

हिमाल पारीको जिल्ला मुस्ताङ प्राकृतिक सुन्दरताले भरिएको जिल्ल्ााको रुपमा चिनिन्छ । धवलागिरि र निलगिरीको काखमा रहेको मुस्ताङ प्रकृति छटासंगै स्थानीय धार्मिक तथा संस्कृतिक महत्वले भरिएको छ । मुस्ताङ जिल्लाबासीहरु देशबाहिर पुगेपनि आफनो भाषा, धर्म, संस्कृति र परम्पराको जर्गेनाको लागी लाग्दै आएका छन । प्रवासमा आफनो मौलिक पहिचानलाई जोगाउदै आएका मुस्ताङबासीले न्युयोर्कमा सन २००३ मा मुस्ताङ किदुग युएसए स्थापना गरेका छन । सस्थाले आफनो समुदायको साथै नेपालमा आपतविपात पर्दा सहयोग गदै आएका छन ।

आफनो धर्म र सस्कृतिको संरक्षणको लागी हरेक वर्ष ल्होसारको बेलामा मौलिक तथा परम्परागत सास्कृतिक कार्यक्रमहरु आयोजना गदै आइरहेका छन । धर्म र सस्कृतिको संरक्षणसंगै यो सस्थाले आफनै समुदायको कोही सदस्य अमेरिकामा मृत्यु भएमा मानवीय सहयोग स्वरुप तत्काल छयोमी र पुजाको लागी १ हजार डलर दिदै आएका छन । मृत्यु भएको व्यक्तिलाई आफन्तले नेपाल लैजान इच्छाएमा ३ हजार डलर आर्थिक सहयोग गदै आइरहेका छन । अमेरिकामा रहेको नेपाली समुदायहरुमा आफनै समुदायलाई परेको बेला यो किसिमको सहयोग गर्नेहरुमा मुस्ताङ किदुग नमुना बनेको छ ।

यसको साथै किदुगले एनआरएनको लाप्राक बस्ती निर्माणको लागी पनि एक करोड, पछिल्लो समय नेपालमा भुकम्प पिडितलाई एक करोड र गत वर्ष बाढि पिडितलाई १० लाख नेपाली रुपिया सहयोग गरिसकेका छन । काठमाडौमा मुस्ताङ गुम्बा निर्माण गर्नका लागी ७५ लाख रुपिया सहयोग गरिसकेका छन । यो किदुगले आफनो समुदाय , देश भन्द बाहिर इन्डोनेसियाको सुनामी पिडितलाई समेत २५ हजार डलर २५ लाख नेपाली रकम सहयोग गरेका थिए । यो सस्थाले बाषिर्क रुपमा ल्होसार आयोजना गर्नुको साथै हरेक बसन्त याममा युवाहरु वीच आर्चरी तिर हान्ने खेल दाजाङ र फुटबल खेललाई विशेष महत्वका साथ आयोजना गदै आएका छन । मुस्ताङ किदुगले हरेक वर्ष झै यस पटक ल्होसारको बाषिर्क कार्यक्रम फेबररी १७ तारिख अर्मनियम चर्च म्यानहृटनमा आयोजना गर्ने लागेका छन ।

सम्बन्धित समाचार