सर्वाधिक रक्तदान गर्ने मैनालीका नाममा अमेरिकामा दिवस घोषणा

December 11, 2019


अहिलेसम्म १७२ पटक निरन्तर रक्तदान गदै आएका रक्तदाता अर्जुन मैनालीलाई न्युयोर्कस्थित वेष्टर वे टाउनले विशेष सम्मानका साथ डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा गरेको छ ।

मैनालीले नेपाल हुँदै विश्वका ६ महादेशका १७ देशहरुमा पुगेर रक्तदान गर्दै जनचेतना फैलाउने महान कार्य गरेको भनी यो सम्मान गरेको हो ।

सन २००७ देखि ओयष्टर वेटाउनको हिक्सभिलमा बस्दै आएका मैनालीले अमेरिकाका १४ राज्यमा रक्तदान र उत्प्रेरणामूलक कार्य गरेका छन् ।

उनले हालसम्म ६ वटै महादेशका १७ देशहरुमा १७२ पटक रक्तदान (१२३ होल ब्लड र ४९पटक प्लेट्लेटस) दान गरिसकेका छन् । उनले गरेको यो रक्तदानले ५१६ जनासम्मलाई बचाउन सहयोग हुन्छ । अमेरिकामा दैनिक करीब ४० हजार युनिट रगत चाहिन्छ । न्यूयोर्क देखि ४० किलोमिटर टाढाको ओयष्टरवे टाउनमा तीनलाख जनसंख्या छ । स्थानीय सरकारले समुदायका कामलाई महत्वपूर्ण ठानेर जनमानसमा सन्देश पुर्याउन दिवस घोषणा गर्दछ । स्थानीय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रियसम्म अतुलनीय योगदान पुर्‍याएकोले ओयष्टर वे टाउनले विश्व रक्तदाता अर्जुन मैनालीदिवस घोषणा गरेको जनाएको छ ।

 

सम्बन्धित समाचार