सिकागोमा एनआरएन अमेरिकाको ८ औ साधारण सभाको तयारी

June 14, 2019

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका ( एनआरएनए एनसिसि अमेरिका) को आठौं साधारण सभा सिकागोमा जुलाई ६ र ७ तारिख विशेष कार्यक्रमको साथ हुन लागेका छन । संस्थाको विधान सभासंगै एनआरएन अमेरिकाको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्यसमितिको सपथ ग्रहण समेत हुने साधारण सभाको तयारीमा यतिखेर एक दर्जन बढि विभिन्न समितिहरु जुटिरहेका छन । साधारण सभामा नेपालको पुर्व उपप्रधानमन्त्रि विजय कुमार गच्छेद्धार, गैरआवासिया नेपाली संघ एनआरएन आइसिसिका अध्यक्ष भवन भट्ट, उपाध्याक्ष कुल आचार्य लगायतका अतिथिहरुको उपस्थिति हुने भएको छ ।
साधारण सभा सफल बनाउनका लागी मिड वेष्ट क्षेत्रीय उपाध्यक्ष राधा पौडेल कन्भेनर तथा इलिनोइस च्याप्टर अध्यक्ष सत्य चौधरीको संयोजनमा विभिन्न समितिहरु गठन गरि अन्तिम तयारी करिब पुरा भएको छ । सभाका लागी गोविन्द श्रेष्ठ संयोजनमा दर्ता समिति, राज थापाको संयोजनमा होटल व्यवस्थापन समिति, इन्द्रकान्त चाैधरीको संयोजनमा स्वयमसेवक समिति, बाला घिमिरेको संयोजनमा खाना व्यवस्थापन समिति, विन्दु सापकोटाको संयोजकत्व र सिकागो ल्याण्ड नेपाली फ्रेण्डसीप सोसाइटीको संयोजनमा सास्कृतिक कार्यक्रम, सुमन वास्तीको संयोजनमा उदघाटन तथा अतिथि सत्कार समिति, बुद्धि सुवेदीको संयोजनमा आर्थिक समिति, दिलु श्रेष्ठको संयोजनमा रात्रीभोज समिति, लालन देवको संयोजनमा मञ्च व्यवस्थापन, रोशन अधिकारीको संयोजनमा व्याज, सर्टिफिकेट, पुरस्कार र सम्मान समिति, सुरज घिमिरको संयोजकत्वमा खेलकुद समिति र आङछिरिङ शेर्पाको संयोजकत्वमा मिडिया समिति गठन गरेका छन ।

साधारण सभामा एनआरएनएको प्रतिनिधित्व गदै नेपालमा हालै सम्पन्न पौडी प्रतियोगितामा सबैभन्द धेरै ५ स्वर्ण पदक जित्न सफल पौडी खेलाडी नाथम दोर्जि शेर्पालाई पनि सम्मान गर्ने भएको छ । नाथमले एनआरएनए र सरकार वीचको सम्झौता लगतै पहिलो पटक नेपालमा धेरै पदक जित्न सफल भएका थिए । सस्थागत हितमा हुने यस पटकको विधान सम्बन्धीत यो साधारण सभामा उपस्थित हुनेहरुलाई विशेष प्रथामिकताका साथ आइसिसिको प्रतिनिधिको रुपमा चयन गर्ने योजना रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताए । साधारण सभामा सहाभागी हुनेहरुलाइै बेलैमा बस्नका लागी होटल बुक गर्न संयोजक सत्य चौधरीले अनुरोध गरेका छन । चौधरीका अनुसार साधारण सभामा उपस्थित हुनेहरुको लागी सस्तोमा होटलको कोठा उपलब्ध गराएको छ ।

 

सम्बन्धित समाचार