विश्वभरका बौद्धमार्गी ङिङ्मा सम्प्रदायका प्रमुख धर्म गुरु क्यब्जे ताक्लुङ शेट्रुल रिम्पोचेको देहवसानमा शोकमग्न छन् । उनीहरु यतिखेर विभिन्न देशको गुम्बाहरुमा भेला भई रिम्पोचेको शीघ्र पुनर्जन्म र विश्व शान्तिको लागि गुरु पदम संभवको छिकदुन सोल्देव र गणचक्र पूजा प्रार्थना गरिरहेका छन् ।
करिब ३ वर्ष अघि ङिङ्मा सम्प्रदायका अध्यक्षको रुपमा नेतृत्व गरेका रिम्पोचेको गत डिसेम्बर २१ तारिख बोधगयामा देहवसान भएको हो । रिम्पोचे अहिले ध्यानको उच्चतम अवस्था समाधी (थुग्दम) को अवस्थामा रहेको बताइएको छ ।
बौद्धधर्ममा उच्च अध्ययन र लामो ध्यान गरेका प्रमुख धर्म गुरुहरु देहवसान भएपनि पार्थिव शरिर भने लामो समयसम्म उच्चतम अवस्था समाधीको रुपमा रहदै आएको छ । गत वर्ष ८७ वर्षको उमेरमा अमेरिकामा आइपुगेका रिम्पोचेलाई न्युयोर्कस्थित शेर्पा किदुगले स्वागत गरेको थियो । तीन दिनको न्युयोर्क बसाईको क्रममा अमेरिकाबासी बौद्धमार्गीलाई रिम्पोचेले महत्वपुर्ण अभिषेक दिएका थिए ।
रिम्पोचेको देहवसानमा शोक मग्न शेर्पा किदुगले गत आइतबार न्युयोर्कबासी बौद्धमार्गीको उपस्थितिमा रिम्पोचेको शीघ्र पुर्न जन्मको आग्रह र विश्व शान्तिको लागि गुरु पदम संभवको छिकदुन सोल्देव र गणचक्र पूजा प्रार्थना आयोजना गरेका थिए । कार्यक्रममा किदुगले आफना सदस्यहरुको प्रयोजनमा भव्य पूजा कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा विभिन्न गुम्बाका भिक्षुभिक्षुणीलगायत विभिन्न समुदायका बौद्धधर्मवलाम्बीको उपस्थिति रहेका थिए । किदुगले बिहानदेखि साझसम्म धर्मगुरुहरुको उपस्थितिमा विशेष पुजा कार्यक्रमको आयोजना गरेको थियो ।
रिम्पोचेहरुको पुनर्जन्म
ङिङ्मा सम्प्रदायका प्रमुख धर्मगुरुहरुमा दुन्जुम रिम्पोचे, खेन्चे रिम्पोचे, पेनुर रिम्पोचे र ठुल्सिक रिम्पोचेको देहवासनपछि पुनर्जन्म भई अवतारी लिइसकेका छन् । पेनुर रिम्पोचेको अवतारी पत्ता लगाएर गत वर्षनै गद्धिरोहण भएको थियो । रिम्पोचेको अवतारी खोज अभियानमा गुम्बामा उच्च अध्ययन गरिसकेका लामाभिक्षुहरुको टोलीले गत वर्ष पेनुर रिम्पोचे अवतारी पत्ता लगाएका थिए ।
त्यस्तै दुन्जु रिम्पोचे र खेन्चे रिम्पोचेको यस अघिनै भिक्षुहरुको छानबिन टोलीले व्यवस्थित रुपम आवतारी पत्ता लगाई गद्दीरोहण भइसकेका छन् । तर सोलुखुम्बुस्थित थोतुङछोलिङ गुम्बाको प्रमुख तथा तत्कालिन ङिङ्माका अध्यक्ष ठुल्सिक रिम्पोचेको भने आवतारी जन्मेको भनेपनि आधिकारिक अवतारी भने अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
ठुल्सिक रिम्पोचेको भान्जा नाता पर्ने सोबेलाले आफ्नै स्वेच्छाले आफ्नै घरभित्रको सन्तानलाई ठुल्सिक रिम्पोचेको आवतारी हो भनेर दाबी गर्न थालेपछि गुम्बाका लामाभिक्षुहरुले असहमति जनाउदै आएका छन् । सोबेलाले कोहीसँग पनि सल्लाह नगरी एक्कासी भारतको धर्माशालास्थित दलाइ लामालाई भेट्न गई आफ्नो सन्तानलाई रिम्पोचेको अवतारी भनेर घोषणा गरेकोले अहिलेसम्म विवादीत बनेको छ ।
नेपाल सरकारले बौद्धधर्म क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका ठुल्सिक रिम्पोचेलाई अंगीकृत नागरिकता प्रदान गरेको थियो । रिम्पोचेको आवतारी जन्मेपनि सोबेलाले आफ्नो सन्तानबाहेक अन्यत्र खोजी नगरेकोसोलुखुम्बुका स्थानीय लामाभिक्षुहरुले बताएका छन् ।