किरात राई सोसाइटी अफ अमेरिकाले उधौली पर्वको अवसर पारेर न्युयोर्कमा सुम्निमा साँझ–७’ कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो मौलिक कला संस्कृतिको संरक्षणका लागि सोसाइटीले हरेक वर्ष विविध कार्यक्रमको साथ सुम्निमा साँझ आयोजना गदै आएको छ ।
सातौ संस्करण सुम्निमा साँझ कार्यक्रममा विगत वर्ष झै यस पटक पनि साकेला नाच प्रस्तुत गरेका थिए । राई जातिले गाँउबस्तीमा हरेक वर्ष विशेष अवसरमा नाचिने यो मौलिक नृत्यले प्रवासमा रहेकाहरुले पनि गाउँबस्तीलाई सम्झाएको थियो ।
उक्त नृत्यमा न्युयोर्कका किराती युवायुवतीहरुको साथै नेपालबाट आइपुगेका पत्रकार जसकुमार राईको प्रस्तुति रहेको थियो । किरात राई सोसाईटी अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष खगेन्द्र राईको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ् वाईवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा यस पटक राई समुदायका चर्चित पत्रकार जसकुमार राई र गायक रामकृष्ण ढकाललाई सम्मान गरिएको थियो ।
संस्थाका प्रतिनिधि प्रताप राईको संयोजकत्वमा आयोजित कार्यक्रममा कार्यक्रममा कलाकारहरु रामकृष्ण ढकाल, राजेन्द्र राई, तिलक श्रेष्ठ, विमल डाँगी, संगीता थापामगर, यशोदा खालिङ् राई, बसन्ती राई, मणिधन राई, एञ्जिला राई मीरा गुरुङ, पासाङ् शेर्पा, यशोदा राईलगायतले कला प्रस्तुत गरेका थिए । कार्यक्रममा बसन्त डान्स सेन्टर र झंकार डान्स सेन्टरको कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।