आफुलाई कुन साइजको ब्रा ठिक होला भनेर पसल चहार्दाचहार्दा दिक्क हुनुभएको छ ? अब त्यसरी दिक्का हुने दिन गए । किनभने हालै एक कम्पनीले एक एप विकसित गरेको छ । सोही एपमार्फत तपाईले आफुलाई कुन साइजको ब्रा ठिक हुनेछ पत्ता लगाउन सकिनेछ ।
अमेरिकाको थर्ड लभ नामक कम्पनीले बनाएको उक्त एपबाट आफुलाई फिट हुने ब्रा सजिलै किन्न सकिने भएको छ । यसका लागि भने स्तनको सेल्फी दुईपटक खिच्नुपर्ने कम्पनीले जनाएको छ । एपमा फोटो अपलोड गरेपछि उक्त फोटो थ्रिडी डाटामा बदल्ने र ब्राको साइज बताउनेछ ।