६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कराते खेलाडी विमला तामाङ अमेरिकामा सम्मानित


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

न्यूयोर्क । खेल क्षेत्रमा पुराएको योगदानको कदर गर्दै कराते खेलाडी विमला तामाङलाइ तामाङ सोसाइटी अफ अमेरिका(टिएसए)ले सम्मान गरेको छ ।

न्यूयोर्कको ज्याक्सन हाइटस्थित थकाली किचनमा टिएसएका अध्यक्ष शान्तबाबु थोकरले  विमलालाई खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । टिएसएले विमलालाइ नगद एक लाख रूपैयाँका साथ सम्मान गरेको हो । इन्टरनेसनल मार्सल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमुख प्रशिक्षकसमेत रहेका थोकरले विमलालाई सोसाइटीले सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

विमलाले दक्षिण कोरियामा सम्पन्न भएको १७ औं एसियाडमा एक मात्र काँस्य पदक जितेर नेपाललाई पदकविहिन हुनबाट जोगाएकी थिइन् । उनले हालै न्युयोर्कमा अायोजित फिका इन्टरनेसनल ओपन कराते च्याम्पियनसिपमा स्वर्ण हात पारेकी थिइन् ।

shanta-bimala1कार्यक्रममा टिएसएका पूर्व अध्यक्ष सुवास लामा, भरत मोक्तान, इन्द्र तामाङ र सूर्य पाख्रिनले विमलालाई बधाई तथा खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा पूर्व उसु च्याम्पियनसिप कमला लोप्चन, आदिवासी जनजाति महासंघका अध्यक्ष लुइसाङ वाइवा, महासचिव प्रेम गुरुङ, कांग्रेस नेता वंशलाल मोक्तान, एनआरएन अमेरिकाका सल्लाहकार विआर लामालगायत उपस्थित थिए ।

bimala-tamang

bimala-sammn

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १२ : ५८ बजे