३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

न्युयोर्क डोजोका ५ खेलाडीलाई स्वर्णसहित सात पदक


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

न्युयोर्क । इन्टरनेसनल मार्सल आर्टस् न्युयोर्क डोजोका ५ खेलाडीले एक स्वर्णसहित सात पदक हात पार्न सफल भएका छन् ।
न्युयोर्कको ब्रुकलिनमामा ५ मार्चमा कन्कु दइ जन्सिन डोजोले आयोजना गरेको युएसए कराते नेसनल क्वालिफयर–२०१७ अन्तर्गत फ्रिडम टावर भेनम इन्टरनेसनल कराते ओपन प्रतियोगितामा ४५० जना सहभागी थिए ।
प्रतियोगितामा ईशान बरुवालले कुमितेमा स्वर्ण र कातामा रजत, मोहम्मेद एल्बोनानानीले कुमितेमा रजत र कातामा कास्य, केल्साङ लामाले कातामा रजत र कुमितेमा कास्य र अबिनास बरुवालले काता तर्फबाट कास्य पदक जित्न सफल भएका थिए ।
प्रतियोगितामा अरुण राईल कोचको भूमिका निर्वाह गरेका थिए भने इन्टरनेसनल मार्सल आर्टस् न्युयोर्क डोजोका सञ्चालक, प्रमुख प्रशिक्षक तथा युएसए, एनएफके रेफ्री पर्खी राईले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १ : ०३ बजे