एभरेष्टटाइम्स
न्युयोर्क— ज्याक्सन हाईटको एउटा सानो ठाउबाट खाना पस्कदै गरेकी कमला गौचनको धवलागिरि किचन अब म्यानह्टनमा विस्तार भएको छ । म्यानह्टनको व्यस्त शहर लेक्सिनटन एभिन्युमा नेपाली रेष्टरेन्ट खोल्ने उनी संभवत: पहिलो नेपाली व्यवसायी हुन । तावारोटीका नामले चिनिने ज्याक्सन हाईटस्थित धौलागिरी रेष्टुरेन्ट अव संसारको नजर लाग्ने ठाउ म्यानह्यटनको लेक्सिनटन एभिन्युको २८ स्ट्रिटमा खोलेको छ । गत हप्ता औपाचारिक खुल्ला गरेको धवलागिरि रेष्टुरेन्टको सञ्चालक धनगढि निवासी गौचन हुन । ताजा थकाली खानाको स्वाद दिलाउदै आएकी उनकी रेष्टुरेन्टमा म्यानह्टनमा विभिन्न राज्यबाट समेत ग्राहकहरु आएको उनी बताउछीन ।
अमेरिकामा खाना व्यवसायमा सफलता कमाएकी ५५ वर्षिया कमलाले ५ कक्षासम्म मात्र औपचारिक शिक्षा लिने मौका पाएकी थिइन । १५ वर्षअघि अमेरिका छिरेकी उनी शुरुको दिन कसैको डेरामा लिभिङमा ५० डलर तिरेर प्रवासी जिवन शुरुवात गरेपनि यतिखेर १५ हजार डलर अर्थात १५ लाखभन्दा वढि नेपाली रुपैया भाडा तिरेर व्यवसाय चलाउन सक्ने हैसियतकी व्यवसायी भैसकेकीछिन् । उनीसंग उनको संघर्षको कथा मात्रै होइन् सफलताको कथा पनि छ । ज्याक्सनहाइटमा कमला दिदीको नामले परिचित उनको खाना परिकारले नेपाली लगायत विदेशीको पनि ध्यान तानेको छ ।
संसारकै मुटु मानिने न्युयोर्कको म्यानहयाटनमा रेष्टुरेन्ट खोलेपछि कमला खुसीले गदगदमात्रै छैनन सम्भावित जोखिमका विषयमा उत्तिकै चिन्तित पनि देखिन्छन । ज्याक्सन हाईटमा हुदा ६ हजार डलर मात्र भाडा तिर्नुपथ्र्यो भने अहिले दोव्वरभन्दा वढि अर्थात १५ हजारसम्म तिर्नु पर्ने उनी वताउछिन् । एक त न्युयोर्कको व्यस्त शहरको मुटु त्यसमा पनि उतिकै फराकिलो र सफा रेष्टुरेन्टमा ज्याक्सनहाइटको भन्दा दोव्वर मानिसहरु अट्ने ठाउ छ । अहिले २५ जना ग्राहकले म्यानहाटनमा खोलिएको उनको रेष्टुरेन्टमा सेवा पाउन सक्नेछन् । सेलरोटी, मम चाउमिन, समयबजीदेखी नेपाली खानाका विभिन्न परिकारहरुको स्वाद उनका रेष्टुरेन्टमा लिन सकिन्छ । ज्याक्सनहाइटसम्म धवलागिरि किचनमा धाउने ग्राहकहरु म्यानह्टनमै रेष्टुरेन्ट खोलेपछि कतिपय खुसी भएको उनी बताउछन । ‘ शुरुवातदेखिनै लागेको यो व्यवसाय मार्फत नेपाली खानालाई अन्तराष्ट्रिय रुपमा चिनाउनका लागी म्यानह्टनमा आएर व्यवसाय शुरु गरेको हो ’ कमला भन्छीन—‘ सबैको माया र सदभावले यहासम्म सफलता पाएको महसुस भएको छ ’ । उनी बताउछीन ।
हिजो कम भाडा र कामको थोरै भारपनि सानो थियो तर अहिले भाडा महंगो र आकार पनि ठूलो हुदा भारज्यादा रहेकोले अवसरसगै चुनौती पनि रहेको उनी बताउछीन । विहान ११ बजेदेखि राती २ बजेसम्म खुल्ने उनको रेष्टुरेन्टमा ७ जनालाई रोजगारी दिएको कमलाले वताईन् । नेपालीदेखी विदेशीहरुले उनको रेष्टुरेन्टमा आएर नेपाली खानाको स्वाद चाख्न पाउने सुविधा उनको रेष्टुरेन्टमा उपलव्ध रहेको वताईन्छ । उनको खाना नेपाली समुदायमा मात्र लोकप्रिय छैन् विदेशीहरुले उत्तिकै मन पराउछन् । टाभल च्यानल एण्ड फुड नेटवर्क देखी चर्चित पत्रिका न्युयोर्क टाइम्सले उनको खानाको विशेषतालाई यसअघिनै प्रचार गरिसकेको छ ।