अमेरिकामा व्यवस्थित र नमुना सस्थाको परिचय दिदैछ शेर्पा किदुग
२०७४ जेष्ठ ४, बिहीबार १४:०४

न्युयोर्क— अमेरिकामा कैयो सस्थाहरु छन त्यस मध्ये एक मात्र व्यवस्थित र नमुना सस्थाको रुपमा चिनारी दिन सफल भएको छ युनाइटेड शेर्पा एसोसियसन शेर्पा किदुगले । समय सापेक्षित रुपमा किदुगको अहिलेको कार्यसमितिले गरेको विभिन्न गतिविधिहरु ,नियमित साधारण सभा, संयुक्त बैठक र बर्षभरि हुने विभिन्न कार्यक्रमको बजेट छुर्याउने सक्ने हैसियत बनाएको छ । यसका साथै किदुगले यस अघि अन्तराष्टिय सस्था लिभ टु लभ इन्टरनेशनल र न्युयोर्क सिटिसग सहकार्य गदै आएको छ ।
किदुगले यस्ता महत्वपुर्ण उपलब्धि हासिल गरेको तथ्य गत आइतबार आफनो मातहतका सम्पुर्ण समितिका पदाधिकारीहरु, सल्लाहकारहरु, शेर्पा कल्चर सेन्टरका सदस्यहरु र सञ्चारकर्मिलाई जानकारी गराएका थिए । किदुगको आफनै भवनमा अत्यन्तै सौहाद्र्धपुर्ण वातवारणमा सम्पन्न बैठकमा करिब ४ दर्जन बढिको सहाभागीता थिए । बैठकमा किदुगका विभिन्न समितिहरुले वर्षभरिमा गरेका विभिन्न गतिविधिहरुको प्रगति विवरण पेश गर्नुका साथै समिक्षा र राय सुझाव पेश गरेका थिए ।
बैठकमा खेलकुद तर्फबाट खेल संयोजक रिन्जी शेर्पाले अमेरिकामा सकर ( फुटबल) खेल मार्फत युवा पुस्तालाई समाजमा सक्रिय तुल्याउनका साथै खेल मार्फत भाषा र सस्कृतिको विकासमा सघाउ पुर्याउदै आउने सिलसिलामा विभिन्न प्रतियोगिताहरु सञ्चालन गरेको जानकारी दिएका थिए । अन्य मुलुकसग खेल्न सक्ने जनशक्ति तयार पारेका किदुगले सवै समुदायका युवाहरुलाई पनि सकर खेलमा अघि बडाउने सोच बनाएको बताएका थिए । त्यस्तै शेर्पा भाषा सस्कृतिको संरक्षणको लागी सञ्चालन गरेको शेर्पा रिग्सुङ लोप्टाका संयोजक पासाङ छिरिङ शेर्पाले प्रवासमा भाषा, धर्म र सस्कृतिको जर्गेनाका लागी बालबालिका र बृद्धाहरुको लागी नियमित रुपमा सेभेन्टी थ्रि र उडसाइडमा शेर्पा भाषा पाठशाला सञ्चालन गदै आएको जानकारी दिएका थिए । निकट भविष्यमा भावी पुस्ताहरुलाई शेर्पा भाषा सस्कृतिको बारेमा व्यवस्थित रुपमा शिक्षा दिन किदुगसग मिलेर पाठय सामाग्री बनाउने योजना बनाएको बताएका थिए ।
हाल ५० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत लोप्टमा हरेक हप्ताको दुई दिन बौद्ध धर्म, शेर्पा सस्कृति र तिब्बती भाषाको प्रशिक्षण दिदै आएको उनले बताए । त्यस्तै पेशेवार सवारी चालकहरुको समितिको संयोजक छेवाङ लामा शेर्पाले न्युयोर्कको सडकमा पेशागत रुपमा सवारी चलाउने ड्राइभरहरुलाई कुन बेला कसलाई के हुन्छ थाहा नहुने भएकोले कसैलाई केही भएमा अकास्मिक सहयोग गर्नका लागी सदस्यता वितरण गदै आएको बताएका थिए । उनका अनुसार न्युयोर्कमा मात्र ३ सय भन्दा बडि शेर्पाहरु ड्राइभिङ पेशामा लागेका छन ।
त्यस्तै शेर्पा विद्यार्थीहरुको सञ्जाल शेर्पा स्टुडेन्ट प्रोफेसनल नेटवर्कका तर्फबाट अस्का शेर्पा र फुरनिमा शेर्पाले प्रवासमा अध्ययनका लागी आएका शेर्पा विद्यार्थीहरुको विभिन्न जानकारीमुलक कार्यक्रमको साथै बालबालिकालाई शेर्पा भाषाको ज्ञान दिने कार्य गर्नका साथै जुम्बा नृत्य र बास्केटबल खेलको प्रशिक्षण दिदै आएको बताएका थिए । त्यसैगरि महिला शशक्तिकरणको संयोजक ङिमा शेर्पाले नेपाली समाजमा महिलाहरु प्रति दृष्टिकोणलाई परिवर्तन गदै महिला दिदी बहिनीहरु मार्फत आफनो भाषा सस्कृतिको संरक्षणको लागी विभिन्न कार्यक्रमहरु गदै आएको बताएका थिए ।
त्यस्तै किदुग भवन निर्माण समितिका संयोजक छिरिङ शेर्पा, प्रविधिक तर्फ इन्जिनियर छोङबा शेर्पा र सिपिए फुरनिमा शेर्पाले भविष्यमा निर्माण हुन लागेको भवनको बारेमा जानकारी दिएका थिए । निर्माण समितिले किदुग बोर्ड र ट्रष्टी समितिको पहलमा अहिलेको भवनलाई परिवर्तन गरि चाडै मौलिक ढंगको गुम्बा अहिले भन्दा ठुलो क्षेत्रफलमा निर्माण गर्न लागेका छन । त्यस्तै शिक्षा तथा प्रविधि संयोजक गेलु शेर्पा पिनासाले किदुगले दिन लागेको छात्रावृतिको लागी भुटान, भारत हुदै नेपालबाट उच्च शिक्षा अध्ययन गदै गरेका विद्यार्थीैहरुले निवेदन दिएकोले चाडै छनौट गरेका नामहरु किदुग कार्यसमितिलाई दिने जानकारी दिएका थिए ।
त्यस्तै किदुगको वेभसाइड पहिलाको भन्दा फरक रुपमा सवै माझ ल्याएको पनि उनले जानकारी दिएका थिए । कार्यक्रममा किदुगका महासचिव आङ जाङबु शेर्पाले किदुगले सबै समितिको सहयोगमा विभिन्न गतिविधिहरु गर्न सकेको जानकारी दिदै यस अघि अन्तराष्ट्रिय सस्था लिभ टु लभ र आगामी दिनमा न्युयोर्कसिटिसग मिलेर विभिन्न कार्यक्रम गर्न लागेको जानकारी दिएका थिए ।
त्यस्तै अध्यक्ष दावाजाङबु शेर्पाले शेर्पा समुदायको हितमा स्थापित किदुगको लक्ष्य अनुरुप सबैको सहयोगले यहासम्म अघि बडेको बताउदै आगामी दिनमा व्यवस्थित रुपमा अघि बडनका लागी वर्षभरिमा हुने विभिन्न कार्यक्रमको लागी किदुृगले बजेट छुट्टयाएको जानकारी दिएका थिए । उनका अनुसार हलभाडा, सदस्यबाट आएको शुल्क र चन्दाबाट आएको आम्दानीबाट किदुगको हरेक कार्यक्रमहरु सञ्चालन भइरहेको बताएका थिए । कार्यक्रममा किदुगका प्रमुख सल्लाहकार तथा लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पाले प्रवासमा नुमना सस्थाको रुपमा परिचित किदुगले समय सापेक्षित रुपमा महत्वपुर्ण कार्य गदै आएकोमा गौरव तुल्याएको उल्लेख गरेका थिए ।
उहाले प्रवासबाट मातृभुमीको लागी शेर्पा समुदायका विभिन्न व्यक्तिहरुले पुर्याएको योगदानको प्रचारप्रसार नभएको अवस्थामा शेर्पा किदुगले प्रमाणित गरि एनआरएनसग सहकार्य गदै नेपाल सरकार समक्ष जानकारी दिएमा मातृभुमीप्रति सेवा गर्ने शेर्पाहरुको हौसल्ला बडने बताएका थिए । त्यस्तै किदुगको लक्ष्य भनेको भाषा, धर्म र सस्कृतिको उत्थान भएकोले महिला दिदी बहिनीको सहाभागीता बडेमा मात्र संभव छ किनकि समाजमा महिलाहरुको भुमीका पुरुषको भन्दा बढि हुने भएकोले शेर्पा महिला शशक्तिकरणको पहलमा नारी दिवस मनाउनु आवश्याकता बताएका थिए । त्यस्तै मिडियाका तर्फबाट एभरेष्टटाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले सवै समुदायका बालबालिकालाई पनि किदुगले फुटबल प्रशिक्षण दिएर प्रतियोगिता आयोजना गर्न सकेमा सबै समुदायमा थप व्यापकता हुने सुझाव दिएका थिए । त्यस्तै शेर्पा भाषाको जर्गेनाका लागी रिग्सुङ लोप्टा र किदुगको सहकार्यमा शेर्पा सस्कृतिमा आधारित भाषाज्ञानको पुस्तिका तयार पारी हरेक वर्ष शेर्पा भाषाको निवब्ध र हाजिरि जवाफ प्रतियोगिता आयोजना गर्नु पर्ने सुझाव दिएका थिए । किदुगले आगामी वर्षदेखिन सरकारी निकायसग समन्वय गरि एभरेष्ट डे कार्यक्रम भव्यताका साथ मनाउन पनि सहाभागीहरुले सुझाव दिएका थिए ।उक्त अवसरमा कुङगाछिरिङले शेर्पा किदुगको लागी बनाएको मोबाइल एम्पस किदुगलाई हस्तन्तरण गरेका थिए ।