अर्जुनप्रसाद मैनाली
दुःख आखिर कहाँ छैन र ? तर मलाइ कुन र कहाँको दुःखले कति बेला चस्स घोच्छ, त्यो उसैलाई थाहा हुन्छ । जुन २५, २०१६ मा अफ्रिकाको मलावी देशका राष्ट्रपति पिटर मुथारिकाले खान नपाएर भोकाएका जनतालाई मुसा र फट्यांग्रा खान आदेश दिएका थिए । देशमा व्याप्त खाद्य संकट भएपछि आपतकालिन घोषणा गरिएको छ ।
यो सुनेपछि मैले गुगल सर्च गरे । त्यहाँ करिब १० लाख जनालाई एचआइभी, औलो, टाइफाइड आदि रोग रहेछ । १ लाखमा ८ सय ७ सुत्केरी तथा गर्भवती महिलाले बर्षेनी बच्चा जन्माउदा अत्यधिक रक्तश्राव भै जीवन गुमाई रहेका रहेछन् । अझ देश भरिमा दुई तिहाइ बिरामीलाई रगत उपलब्ध गराउन नसकिने रहेछ । यो थाहा पाएपछि मलाइ असह्य भयो, छटपटी भयो । विश्वको त्यो अनकन्टार ठाउँका दिनदुखीलाई सहयोग गर्न मन लाग्यो र युवा जोशमा रगतदान जनचेतना अभियान थालेको पनि २९ बर्ष भई सकेछ । अब त मेरो रक्तदान जनचेतना अभियान सकिन लाग्यो भन्दा भन्दै धागोको बिशाल डल्लोबाट धागो खुस्के जस्तो भई रह्यो ।
यस बर्षको विश्व मानवता दिवस अगस्ट १९ मा रहेछ र समाजका हुनेखानेले दिनदुखि मानवहरुलाई निस्वार्थ भावनाले कतिको सेवा पुर्याएका छन्, त्यो उनीहरुलाई नै थाहा होला । तर पनि अगस्ट २० मा मलाविमा गई आफ्नै रगत दिएर एक जना बिरामीलाई भए पनि बचाउने योजना बनाए र त्यहाँको रक्त संचार सेवालाइ जानकारी गराए । म अगस्ट १९ का दिन न्युयोर्कबाट करिब २० घण्टा लामो दिक्क लाग्दो हवाइयात्रा गर्दै मलावी पुगे र भोलिपल्ट राजधानीको लिलोंगवेस्थित मलावी रक्त संचार सेवामा मेरो १५६ औं रक्तदान गरे ।
न्युयोर्कदेखि अमेरिकन रगतदान गर्न आउने रे भनेर करिब ३ दर्जन जति रक्तदाता र स्वयम् सेवकहरु भेला भएका रहेछन् । उनीहरुलाई समुदायमा सफल रक्तदान कार्यक्रम गराउँदाको आफ्नो अनुभव सुनाएँ । सन् २०१४ को बर्षमा १९ पटकसम्म रक्तदान गरेको बताएँ । म आफैले दान गरेको करिब २० ग्यालेन (७८ लिटर) रगत बाट ४,६८ जनालाई बचाउन सहयोग हुन्छ भनें । उनीहरुमा हौसला र रक्तदान जनचेतना गराउन एक हजार अमेरिकी डलर पनि सहयोग गरे । त्यहाँको झन्डै ७ लाख ५० हजारजति हुँदो रहेछ ।
यसरी ५ महादेशका १० देश र अमेरिकाको १४ राज्यहरुमा म आफै उपस्थीत् भई रक्तदान गरेको छु । दसौं हजार नया रगतदाता थपिएका छन् । यो मेरो दृढ अभियान पनि हो । यसरी स्थानीय समुदायलाई हौसला र सहयोग गर्न पाउँदा धेरै आनन्दित भएको छु ।