४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

केपी अोलीले भने-यो सरकार धुर्वे हात्तीजस्तो छाडा भयो


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा अोलीले संसदमा यो सरकार चितवनमा चर्चामा अाएको धुर्वे हात्ती जस्तै छाडा भएको अारोप लगाएका छन् ।

सोमबार संसदमा संविधान संशोधन, चुनाव र बजेटबारे अाफ्नो धारणा राख्ने क्रममा अोलीले उक्त अारोप लगाएका हुन् । उनले भने, ‘हामीले संविधानमा जेठ १५ गते नै बजेट ल्याउने ब्यवस्था राखेका थियौं । किनभने समयमै बजेट नहुँदा विकासका काममा ढिलासुस्ती हुने भयो । तर, संविधान जारी भएपछि अघिल्लो सरकारले त्यसलाई सुरुवात गर्यो । अव त्यो संशोधन गर्नु पर्ने भो रे । इच्छा लागेपछि, ईच्छामा बाधा पुगेपछि जे जे संशोधन गर्नु पर्छ संशोधन गरिदिने ? अझ सुनिंदैछ चुनाव घोषणा भएपछि स्थानीय तहको संख्या बढाउने रे । मतदाता नामावलीमा नाम थप्ने रे । जहाँ जित्ने अवस्था छैन त्यहाँ संख्या थप्ने । जहाँ जित्न सकिंदैन त्यहाँ मतदाता थप्ने । यसलाई चुनाव भन्छन् ? चुनावमा यस्तो हुन्छ ? यो के गर्न खोजेको ? के भन्न खोजेको ? यसलाई लोकतन्त्र भन्छन् कि छाडातन्त्र ? पहिले पहिले धुर्वे हात्ती भन्ने सुनिन्थ्यो सरकार धुर्वे हात्ती भएको छ ।’

संविधान संशोधनको खेती गरेर मधेसी मोर्चाले हलो अड्काएको अोलीकाे अाराेप थियो उनले भने,  ‘जे गर्नु पर्यो भने पनि संविधान संशोधन नभई हुँदैन भनिंदैछ । संविधान घोषणा भएर कामचलाउ बनाईको संसदमा संशोधन प्रस्ताव, संशोधनमाथि संशोधन प्रस्ताव छ । हुँदा हुँदा चुनाव गर्न संविधान संशोधन रे । चुनाव गर्न संविधानको कुन धाराले अप्ठ्यारो परेर संशोधन ?’

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  २ : ४४ बजे