२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

ट्रम्पको उद्घाटन सम्बोधन १४३३ शब्दको, उनले भनेका मुख्य १० बुदाँ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ अाैं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका छन् । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रबर्टले शपथ खुवाए । ट्रम्पले दुईवटा बाइबल छोएर शपथ खाएका थिए ।

शपथपछिको उद्घाटन सम्बोधनमा उनले साढे १६ मिनेट खर्च गरे । उनको यस सम्बोधन १४३३ शब्दको रहेको छ । उनले अाफ्नो सम्बोधनमा व्यक्त गरेका प्रमुख १० बुँदा यसप्रकार छन् ।

१. Buy American, Hire Americans। अमेरिकी सामान किनाैं, अमेरिकीलाइ रोजगारी दिअाैं  ।

२.  म तपाइहरूलाइ कहिल्यै निराशामा पार्ने छैन । अमेरिकाले फेरि जित्नेछ । यो जित यस्तो हुनेछ, जुन पहिले भएकाे थिएन ।

३. इस्लामिक दुनियाँकाे अातंकवाद नामेट पारिनेछ ।

४.  अब कुरा गर्ने हैन, काम गर्ने बेला अाएको छ । यो एक्सनको समय हो ।

५.  हामी अमेरिकी हातबाटै, अमेरिकी मजदुरबाटै देश बनाउँछाै ।
६. ‘हामीले वासिंगटन डिसीबाट शक्ति परिवर्तन गरिरहेका छौ र यो शक्ति तपाईलाई फिर्ता गर्दैछौ।’
७.  ‘हामीले अन्य मुलुकलाई धनी बनाएका छौ जबकी हाम्रो देशको शक्ति र आत्मविश्वास क्षितिजमा बिलय भएको छ । एक पछि अर्को गरी उद्योगहरु हाम्रो  किनारबाट पाखा लागेका छन् । मध्यमवर्गीयको सम्पत्ती उनीहरुको घरबाट हटाइएको छ र विश्वभर पुनःवितरण गरिएको छ । आजको दिनदेखि उनीहरुको सम्पत्ती सर्बप्रथम अमेरिकामा मात्र जानेछ । पहिला अमेरिका । मेरो शरिरमा श्वास रहन्जेल तपाईका लागि लडिरहनेछु । तपाईलाई कहिल्यै पनि निराश हुन दिनेछैन । अमेरिकाले पुन बिजय सुरु गर्नेछ ,यसअघि नगरेको बिजय सुरु हुनेछ ।
८.  पूर्वाग्राही राख्नेहरूका लागि अमेरिकामा कुनै स्थान हुनेछैन ।
९.  अब हामीले जहिले पनि देख्ने कुरा, अमेरिका फर्स्ट । अमेरिका फर्स्ट । व्यापार, कर, इमिग्रेसन र बिदेश मामिलाजस्ता विषयमा अमेरिकी नै पहिलो हुनेछ ।
१०. मेरो शरीरमा अन्तिप सास रहुन्जेल म तपाइहरूका लागि लड्नेछु ।
समाचार एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  २ : ५९ बजे