न्युयोर्क । शेर्पा किदुग अमेरिकाको अध्यक्षमा उर्गेन शेर्पा निर्विरोध चयन भएका छन् । किदुगको दशौं महाधिबेशनबाट उनलाइ अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।
महाधिवेशनले उपाध्यक्षमा डोल्मा शेर्पा, महासचिवमा तेण्डी शेर्पा, सचिवमा तेम्बा शेर्पा र कोषाध्यक्षमा अाङ्फुर्वा शेर्पालाइ चयन गरेको छ । प्रवक्ताको जिम्मेवारी भने पेम्बागेलु शेर्पाले पाएका छन् ।
निर्बिरोध निर्बाचित ११ सदस्यहरुको प्रथम बैठक मार्च ५ तारिखका दिन शेर्पा किदुग कार्यालयमा बसेको थियो । सो बैठकले ११ सदस्यीय समितिमा बैठकको निर्णय अनुसार २ जना र अध्यक्षको सिफारिसमा २ जना सदस्यहरु मनोनीत गरी कार्यसमितिलाई पूर्णता दिएको महासचिव तेण्डी शेर्पाले जानकारी दिए ।
महाधिवेशनले फुर्वा शेर्पा (संयोजक, खेलकुद उपसमिति ), फुली शेर्पा, कान्छी लामा, दोमी लामा ( संयोजक, ब्यावसायिक चालक उपसमिति ), निमा फुटी शेर्पा ( संयोजक, महिला सशक्तिकरण उपसमिति), रिन्जी शेर्पा ( संयोजक, शेर्पा सांस्कृतिक
पाठशाला ), याङचेन् डोल्मा पिनासा, फुर्निमा शेर्पा (संयोजक, शैक्षिक उपसमिति) र दावा डोमा (संयोजक, विद्यार्थी तथा ब्यावसायिकहरुको सन्जाल )लाइ सदस्यमा चयन गरेको छ ।
निर्वाचित पदाधिकारीले १२ तारिखका दिन बाैद्ध लामा गुरू टुल्कुबाट सपथ लिने किदुगले जनाएको छ ।