एभरेस्ट टाइम्स/न्युयोर्क
तस्विर: पासाङ निमा शेर्पा
न्युयोर्कमा लामो समय हरेक नेपाली समुदायको कार्यक्रममा फोटोग्राफी गर्दै आएका फोटोग्राफर आङकामी शेर्पा करिब दुई दशक अमेरिकाका बसाईपछि मातृभुमी फर्कदैछन् । उनका शुभचिन्तकले भने अमेरिकामै बस्न आग्रह गरिरहेका छन् । ओखलढुंगा जिल्ला पातलेमा जन्मेका उनी बेलायत हुदंै सन १९९८ देखि अमेरिकामा बसोबास गर्दै आएका थिए । उनी यही मे महिनाको २२ तारिख अमेरिका छाड्दैछन । आफुले अमेरिका छाड्न अगावै उनले आफु नजिकका साथीभाई र विभिन्न संस्थाका प्रतिनिधिलाई बोलाएर रात्रीभोजसहितको बिदाई कार्यक्रमसमेत आयोजना गरे । शेर्पा किदुगको हलमा आयोजित कार्यक्रममा न्युयोर्कमा रहेका सबै संस्थाका प्रतिनिधिहरुका साथै उनका शुभचिन्तकहरुले हल भरिभराउ भएका थिए । ‘करिब दुई दशकको बसाईपछि अमेरिकाबाट फर्कन लागेको छु’ उनले भने, ‘यतिको समय यहाँ बिताउँदा मलाई शुभेच्छा दिनेहरु बिदाई कार्यक्रममा आएर शुभकामना र आशीर्वाद दिनेहरु प्रति हार्दिक धन्यवाद ।’सानैदेखि निकै संघर्ष गरेका उनले अमेरिकामा आएर हरेक समुदायको सामाजिक कार्यक्रमहरुमा निःशुल्क फोटो खिचिदिनुको साथै पछिल्लो समय विभिन्न मुलुकमा नेपालीलाई परेको समस्यामा साथ दिदै आएका थिए ।
उनको बिदाई कार्यक्रममा न्युयोर्क सिटीका पूर्व कम्पट्रोलर जोन लिउले न्युयोर्क नेपाली समुदायमा आङकामीले शेर्पाले धेरै योगदान दिएको बताए । ‘मैले सिटिमा काम गरुन्जेल नेपाली समुदायबाट धेरै काम गरेको व्यक्ति भनेकै आङकामी हो उनको योगदानको हामी सबैले कदर गर्नुपर्छ,’ लिउले भने, ‘राम्रो सोच र कार्य गर्ने उनलाई म बिदाई भन्दिनँ, फेरि भेटौला ।’ शेर्पा किदुगमा सम्पन्न बिदाई कार्यक्रममा शेर्पा किदुगका लामा टुल्कुले शुभ मंगलको मन्त्रोचरण गदै आङकामीले लामो समय अमेरिकी नेपाली समुदायमा गरेको सहयोग र योगदानप्रति सबैको तर्फबाट आशीर्वाद र शुभकामना दिएका थिए ।
नेपाली महावाणिज्यदुत कृषु क्षेत्रीले न्युयोर्कको नेपाली समुदायमा निस्वार्थ भावनाले सहयोग गर्दै आइरहेका आङकामीको अनुपस्थितिमा अबको नेपाली समुदायले अभाव महसुुस हुने बताए । लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव आङदावा शेर्पाले प्रवासमा बसेर नेपाली समाजमा पर्ने समस्यालाई सहयोग गरेर सामाजिक अभियन्ताको रुपमा स्थापित आङकामी शेर्पाले नेपाली समाजमा दिएको योगदानले शेर्पा समाजभित्र रहेको इमान्दार शेर्पाको प्रमाणित गरेको छ । त्यस्तै पूर्व प्रध्यापक डा तारा निरौलाले पढेर भन्द पनि परेर आङकामीले मातृभुमी र नेपाली डाइस्पोरालाई दिएको उल्लेखनीय योगदानकै कारण उनलाई विर्सन नसक्ने बताए ।
त्यस्तै शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले लामो समयदेखि शेर्पा समुदायको सामाजिक कार्यक्रममा फोटोग्राफीमार्फत योगदान पु¥याउदै आएका आएका आङकामीको नेपाली समुदायले अभाव भोग्नु पर्ने बताए । शेर्पा किदुगको पूर्व कार्यसमितिका सदस्यको रुपमा कार्य गरिसकेका उनलाई शेर्पा किदुगका कार्यसमितिले सम्मानपत्रका साथ सम्मान गरेका थिए । त्यस्तै पुण्डरी अर्यालले आफु कलेजो बिग्रीएर कमजोर अवस्था भेट भएको सहयोगी आङकामीले आफुलाई कलेजो फेर्नका गुण लगाएको कहिल्यै नबिर्सने बताए । ‘उहाँ जात र धर्मभन्दा माथि उठेर कठिन अवस्थामा ठुलो सहयोग गरेर मेरो जीवनमा ठुलो गुण लगाएकोले म चाहेर पनि विर्सन सक्दीनँ ।’
चर्चित तिब्बतीय गायिका तेन्जिङ कुन्सेलले आफ्नो अमेरिकी कला यात्रामा उनको सोचविचार र सहयोगको सधै सराहना गर्दै उनको जीवन यात्राको शुभकामना दिएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीको केन्द्रिय सदस्य प्रेमकुमार श्रेष्ठले सामाजिक सेवाको भावनासँगै कठिन परिस्थितिमा पनि अमेरिकामा प्रवासी नेपाली एकता समाज स्थापना गर्ने आङकामीको अतुलनीय योगदान रहेको मन्तव्य दिएका थिए । आदीवासी जनजाती महासंघका अध्यक्ष लुइसाङ वाईवाले आङकामीले नेपाली समाजमा गरेको महत्वपूर्ण कार्यले नेपाली डाइस्पोरामा विशेष सन्देश दिएको बताएका थिए ।
कार्यक्रममा जर्सिसिटि डाईभर्सिटी कमिटिका सल्लाहकार तथा एडवानकी संस्थापक विष्णुमाया परियार, एनआरएन एनसिसी न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा, शेर्पा कल्चर सेन्टरका संयोजक कल्साङ छोपेल शेर्पा, डोल्पा समाजका उर्गेन लामा, गुरुङ समाज युएसएका पुर्व अध्यक्ष मेघ गुरुङ, सञ्चारकर्मी शैलेश श्रेष्ठ, प्रवासी नेपाली एकता समाज न्युयोर्क च्याप्टरका अध्यक्ष रुद्र राउत, किरात याक्थुङ चुम्लुङका अध्यक्ष देवेन्द्र सँम्वाहाम्फे, रिजउड नेपाली सोसाइटीका संस्थापक अध्यक्ष मोहन ज्ञवाली र ज्याक्सनहाइट डाइभर्सिटी प्लाजाका आगासाले आङकामीले अमेरिकी नेपाली समुदायमा दिएको योगदानको चर्चा गदै उनको यात्रा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा तमु गुरुङ समाज र युएस नेपालले आङकामीलाई सम्मान गरेका थिए । कार्यक्रम प्रदिप थापामगर र प्रशान यलुङले सञ्चालन गरेका थिए ।
एभरेस्ट टाइम्सद्वारा सम्मान
फोटोहेराडटकममा फोटोग्राफी गर्दै आएका आङकामी शेर्पाले न्युयोर्कबाट सञ्चालन हुदै आएको विभिन्न सञ्चारमाध्यमले तस्विर प्रकाशन गरेको छ । त्यस्तै एभरेस्ट टाइम्स पत्रिकामा पनि लामो समयदेखिन फोटो उपलब्ध गरी योगदान पु¥याए वापत एभरेस्ट टाइम्स परिवारले पनि आङकामीलाइ सम्मान ग-यो । कार्यक्रममा एभरेस्ट टाइम्सका प्रबन्धक निर्देशक तेम्बा दोङबा ह्योल्मोले सम्मान पत्र पढेर सुनाएका थिए भने प्रधानसम्पादक आङछिरिङ शेर्पा र सम्पादक ङिमा पाख्रिनले खादाका साथ सम्मान गरेका थिए ।