१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एनआरएनले बुझ्न नसकेको मिडिया


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

अाङछिरिङ शेर्पा

विदेशको व्यस्तता वीच विभिन्न देशका एनआरएनकर्मिहरु गत हप्ता न्युजर्सिमा भेला भयो । महिनौ योजना बनाएर आएका उनीहरुले इष्टमित्र र साथीहरुसग भेटघाट मात्र होइन व्यापारिक प्रर्वद्धन र एनआरएनलाई सस्थागत रुपमा बलियो बनाउने बारेमा छलफल गरेका थिए ।
विभिन्न मुलुकबाट आएका चर्चित व्यापारिहरु, राजनितिक दलका नेताहरु र कुटनितिक नियोगका पदाधिकारीहरुको उपस्थितिमा ९ औ एनआरएनको क्षेत्रिय सम्मेलन सम्पन्न भयो । दुई दिने भेलामा दुई राज्यका स्थानीयबासीको सहाभागीता थोरैनै भएपनि उनीहरुले राखेका कार्यक्रमको उद्धेस्य राम्रो थियो ।
मुलुकमा संविधान जारी गरेपछि दुई राज्यमा बसोबास गरिरहेका नेपाली समुदायहरु माझ भएको यो सम्मेलनले ११ बुदे घोषणा पत्र जारी गरेको छ । घोषणपत्रमा समेटेको ति बुदाहरु तीन वर्षभित्रमा पुरा गर्ने संकल्प गरेका छन । यो पुरा भएमा विदेशमा बस्ने नेपालीहरुको हितमा स्थापित एनआरएनले स्वदेश र विदेशमा महत्वपुर्ण कार्य गर्ने देखिएको छ । विशेष गरि यो सम्मेलनले विदेशमा सिकेको सीप र आयआर्जन गरेका दक्ष व्यक्तिहरुलाई नेपालमा लगानीको वातवारण बनाउने लक्ष्य लिएको छ । त्यस्तै लामो समयदेखिन एनआरएनले उठाउदै आएको विशेष नागरिकता र विभिन्न फोरममा उठेको सवालहरु प्रवासी नेपालीहरुको लागी लाभदायिक थियो ।
केही वर्ष अघिसम्म एनआरएनलाई सिमित व्यापारिहरुको सस्थाको रुपमा लिइन्थ्यो । तर समयसापेक्षित रुपमा यो विस्तारै परिवर्तन हुन खोजेको छ । तथापि सिमित व्यापारिहरुको पञ्जाबाट अझै बाहिर जान सकेको छैन । विभिन्न देशहरुमा हुने क्षेत्रिय भेला होस या ग्लोबल सम्मेलन त्यहा उपस्थित हुने केही एनआरएनले बाहेक विभिन्न क्षेत्रका व्यक्तिहरु र युवा जमातले अहिलेसम्म हाम्रो एनआरएन भन्न सकेको छैन । यसको ज्वलन्त उदाहरण हो हालै सम्पन्न न्युजर्सि सम्मेलन एनआरएनका केही व्यक्तिको छेउछाउमा हिडने सिमित व्यक्तिहरु बाहेक न्युयोर्क र न्युजर्सिका विभिन्न नेपाली समुदायको नेतृत्व गर्ने अधिकांस प्रतिनिधिहरुको अत्यन्तै न्युन सहाभागीता थिए ।
एनआरएन एनसिसि अमेरिकाले निर्वाचनको बेला १० हजार सदस्य बनाएका छन । तर क्षेत्रिय सम्मेलनमा २ सय जना जति पनि उपस्थित थिएन खोइ त उनीहरु ? आयोजकले बोलाउन नसकेको हो की उनीहरु नआएको हो यसबारेमा एनआरएनले समिक्षा गर्नुपर्छ । त्यस्तै कुनै समय अमेरिकामा थोरै नेपालीहरु हुदा एनआरएन शुरु गर्ने अग्रजहरु र विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरुको अनुपस्थितिले भेलाले फरक रुप लिएको देखिन्छ । हुन त कार्यक्रम गदै जादा सबैको सानातिना गल्ति हुन्छ तर एनआरएन जस्तो ठुलो सस्थाले जानी जानी यस्तो गल्ती गर्नु राम्रो होइन । उदघाटन कार्यक्रममा देखिएको ससानो कमिकमजोरीसंगै विविध जातजातीको मौलिक कला सस्कृतिलाई प्रोत्साहण दिनु नसक्नु र सास्कृतिक कार्यक्रममा जनजाती कलाकारहरुले आफनो कला प्रस्तुत गर्न लाग्दा सुरक्षाकर्मि बोलाएर कार्यक्रम बन्द गरियो भन्ने बाहिर गलत सन्देश जानु कार्यक्रमको नराम्रो पक्ष थियो ।
पत्रकारको हैसियतमा यस्तो कैयो भेला तथा सम्मेलनहरुमा समाचार संकलनको क्रममा पुगे । धेरै त अन्तराष्ट्रिय सस्थाहरुको सम्मेलनमा भाग लिए । तर यो पटकको एनआरएनको सम्मेलनमा मिडियालाई गरेको व्यवहार देख्दा निकै खल्लो महसुस भयो । त्यतिको खल्लो वर्षनी हुदै आएको एएनएमा पनि भएको थिएन । कार्यक्रम हुन एक महिना अघिसम्म एनआरएन संयोजकले मिडियालाई ५० डलर शुल्क लिने भनेर निकै अडडी कस्दा हामीले मिडिया सेन्टर राख्नुपर्ने, सम्बन्धीत पत्रकारलाई निम्तो दिनुपर्ने लगायतका सल्लाह दिएका थिए । तर सम्मेलनमा उनीहरुले मिडिया सेन्टर राख्नु त परै जओस क्रियासिल केही पत्रकारको पास समेत बनाएका थिएन । त्यस्तै नेपालबाट बोलाएका बरिष्ठ पत्रकारहरुलाई वेवास्ता गर्नु र सम्मेलनको क्षेत्रिय संयोजकले सार्वजनिक ठाउमा मिडियाहरुमाथि खानाको विषय लिएर अपमान गर्नले सिंगो पत्रकारिता क्षेत्रको मानमार्दन गरेको छ । यसपटक आफैले बोलाएको पत्रकारलाई अपमान गरेर एनआरएन सस्था आफै बदनामको सिकार बनेको छ । सम्मेलनमा न्युर्योक न्यजर्सिबाट मात्र होइन अन्य विभिन्न राज्यहरु लगायत विभिन्न देशबाट पनि पत्रकारहरु आएका थिए । सम्मेलनमा बोलाएको पत्रकारलाई मिडिया सेन्टरमा राखेर समाचार लेख्ने वातवारण उनीहरुले दिनुपथ्र्यो । तर आयोजकले त्यो गर्न सकेन । बास्तबमा एनआरएन त्यसै एनआरएन भएको होइन मिडियाकै कारणले यहासम्म पुगेको हो । तर एनआरएनभित्रको सिमित व्यक्तिले मिडिया नबुझेको कारण यो परिस्थिति सृजना भएको हो । आयोजकले पत्रकारहरुमाथि गरेको दुब्र्यहार र अपमानको विरोधमा पत्रकारहरुको सस्था नेजाले विज्ञाप्ती निकालेर सचेत गराउनु स्वाभावीकै थियो । निश्चयनै कोही पत्रकारलाई कसैले अपमान गर्दा र समास्यामा पर्दा बोलिदिने भनेकै सस्था हो । तर सस्थाको विज्ञाप्ती हेर्द नहेरिकना तोडमोड गरि अनावश्याक भातसग जोडेर सस्थालाइनै विवादमा पार्नु खोज्ने काम जसले गरेको छ त्यो असाध्यै गलत हो । कुनै पनि व्यक्ति सस्थामा छैन भनेर एनआरएन होस वा नेजा जुनसुकै भएपनि सस्थाको बदनाम गराउने कुकर्मतिर लाग्नु हुदैन । हामी समाजमा साच्चिकै निस्वार्थ र स्वाभीमानी पत्रकार हुृ भन्ने हो भने आफनो मर्यादा र पेशाप्रति बफादार बन्नुपर्छ । हामीमा विचार फरक भएपनि एकै पेशामा रहेका पत्रकारहरु एक हुनु सबैको लागी राम्रो हो । अन्तमा आफुलाई ठुलो ठान्ने एनआरएन जस्तो सस्थाले मिडियाको मर्म बुझेर सही दिसामा अघि बडोस भन्ने शुभकामना दिन चाहान्छु ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ४ : ३४ बजे