२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

किदुगमा काम गर्दाका मीठा सम्झना


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

आङ जाङ्बु शेर्पा

अमेरिकी नेपाली समुदायमा विभिन्न उद्देश्यहरुका साथ धेरै संघ संस्थाहरु स्थापना भएका छन् । ती संस्थाहरुमाझ शेर्पा किदुग अमेरिका एक नमुना संस्थाको रुपमा स्थापित छ । यस संस्थाले विदेशमा नेपाली समुदायकै शिर ठाडो राख्न मद्दत पु¥याएको छ । किदुग अमेरिकाले आफ्नै लक्ष्य र उद्देश्य अनुरुप शेर्पाहरुको मौलिक भाषा, धर्मसंस्कृतिको संरक्षण गर्दै आएको छ । यसकासाथै किदुगले समूदायमा विविध रचनात्मक कार्यहरु पनि गर्दै आएको छ । सामाजिक सेवाको भावनाअनुरुप समुदायको सहयोगमा निर्मित किदुगको गुम्बामार्फत विभिन्न समुदायलाई सेवा गर्ने अवसर पाएकोमा मलाई गौरव लागिरहेको छ ।
शेर्पा भाषामा ‘कि’ भनेको सुख र ‘दुग’ भनेको दुःख भनेझै सुखदुःखमा सहयोग गर्दै आएको किदुगमा दुई काम गर्ने अवसर पाउँदा निकै सुखद अनुभुती मिल्यो । केही गरुँ भन्ने सोचका साथ दुई वर्षअघि किदुगमा आएका हाम्रो कार्यसमितिले यो अवधिमा केही महत्वपूर्ण कार्यहरु गर्न पाउँदा निकै आनन्द महसुस भयो । मातृभूमिबाट टाढा भएपनि यही किदुगमार्फत हामीले आफ्नो भाषा संस्कृतिलाई आँगाल्ने मौका पायौं । यसैलाई निरन्तरता दिन र संरक्षणका लागि भावी पिंढीलाई शेर्पा भाषा कक्षाको सञ्चालन गर्ने जमर्को ग¥यौं । त्यस्तै न्युयोर्क सिटीको सहयोगमा समूदायमा निःशुल्क अंग्रेजी भाषा कक्षा सञ्चालन, उद्घोषण तालिम, शेर्पा किदुगका गुम्बा नयाँ निर्माणको लागि कार्य अगाडी बढाउने काम गरियो । यस अवधीमा न्युयोर्क सिटीसँग समन्वय, शेर्पाहरुको लोसार ल्हप्सो मनाउन जग्गा किन्ने कार्य अगाडी बढाएको, शेर्पा भाषामा हाजिरी जवाफ प्रतियिगिता आयोजना गर्नु, शेर्पा जातिको मौलिक भाषा र संस्कृतिको संरक्षणका लागि शेर्पा लोक नृत्य स्याबरु, शेर्पा भाषाको गीत, कविता तथा निबन्ध प्रतियोगिता आयोजना गर्न पाउनु बुद्ध जयन्तीलाई ब्यापक रुपमा मनाउन हिमाली समुदायबीच संयुक्त पहल गर्नु, नेपालमा भूकम्प पीडितलाई राहत वितरण गर्नु, विश्व शेर्पा संघ संरचना गर्न सहयोगी भूमिका निभाएकाका जस्ता कार्यहरु सम्झँदा केही गरे जस्तो महसुस भइरहेको छ ।
यसका साथै बेलाबखत नेपालबाट आएका शेर्पा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना, महिला सशक्तीकरणका कार्यक्रमहरु आयोजना गर्नुका साथै बिभिन्न समयमा धर्म गुरुहरुको धार्मिक प्रवचनहरु सञ्चालन तथा बौद्ध धर्मअनुसार मान्ने चाडपर्व तथा मासिक सबै किसिमको पूजाहरुलाई नियमित गर्ने कामहरु प्रथामिकतामा परेका कार्यको रुपमा मान्नु पर्छ । हामीले गरेको यी कार्यहरुको लेखाजोखा गर्ने हो भने यतिको धेरै कार्यहरु विगतमा सायद गरेका थिएनन होला । किदुगमा महासचिव जस्तो गरिमामय पदमा रहेर यस्तो कार्यहरु गरेको सम्झँदा आफुलाई गौरवको अनुभुति भएको छ । किदुगमा बसेर मैले धेरै कुराहरु सिक्ने अवसर पनि पाएँ । धेरै इष्टमित्र कमाएँ । आफुले जानेका कामहरु देखाउने अवसर प्राप्त भयो । आज हामीले गरेका ती कार्यहरु सम्झँदा कार्य समितिका सबै पदाधिकारीको सामूहिक रुपमा गरेको कार्य ठान्दछु । हामी कार्यसमितिले गरेको हरेक कार्यहरुमा सबै सदस्यको अमुल्य सहयोग र सल्लाहकारहरुको महत्वपूर्ण सुझाव र सल्लाहलाई म भुल्न सक्दिनँ । जसको कारणले हाम्रो कार्यकाल पूर्ण रुपमा सफल भएको मैले ठानेको छु । किदुगको गतिविधिहरुसँगै विश्व शेर्पा संघको तदर्थ समितिमा मलाई सदस्य सचिवको जिम्मेवारी पाएर विश्वमा छरिएर रहनु भएका सबै शेर्पाहरुसँग सम्पर्क हुन पाउदा धेरै खुसी लागेको छ । हाम्रो यो प्रयासले विश्वभरिको शेर्पाहरुबीच अब एकता भई आपसमा सहयोग आदानप्रदान गर्ने छ भन्ने मैले आशा लिएको छु । शेर्पा किदुगको छविलाई उच्च राख्ने कार्यमा भूमिका निभाउन विभिन्न नेपाली संघसंस्थाहरु तथा शेर्पा समूदायमा सबैसँग सहकार्य गरी काम गर्न पाउनु जीवनको महत्वपूर्ण उपलब्धि ठानेको छु ।
शेर्पा किदुग सबै शेर्पाहरुको सहयोग, सहकार्य र एकताबाट यो अवस्थामा पुग्न सफल भएको हो । यसलाई अझ माथि लैजान सबै क्षेत्र, तह, तप्कालाई समेटेर शेर्पाहरुको एकतालाई जोड दिनु हामी सबैको दायित्व हो । अर्को कुरा यो पवित्र सामाजिक संस्था राजनीतिबाट सधैं टाढा रहनु पर्दछ र नेतृत्ववर्ग यसतर्फ सधैं सचेत रहनु पर्दछ । म आफु कुनै पदमा रहे पनि नरहे पनि शेर्पा किदुग र समाजको हितमा लागि रहनेछु तर यसपटक भने धेरै साथीहरुको अनुरोधको बाबजुद पनि आफ्नो कार्य व्यस्तताको र पारिवारिक कारणले मैले समय दिन नसक्ने हुदा उम्मेदवार नबन्ने निर्णय गरेको छु । कुनै पनि संस्थामा पद लिएर र नाम लेखाएर मात्र हुदैन सक्रियताका साथ भूमिका निभाउन र काम गर्नु सक्नु पर्दछ भन्ने मेरो मान्यता हो । अन्तमा शेर्पा किदुग जस्तो गौरवशाली यो संस्थामा अब आउन नयाँ कार्यसमितिले हाम्रो कार्यकाल भन्दा पनि बढी काम गर्न सकोस भन्दै कार्यकाल सफलताको अग्रीम शुभकामना दिन चाहान्छु । त्यसैगरी हामी शेर्पा जातिको महान चाड च्या ल्हो लोसारको अवसरमा सवैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

–लेखक शेर्पा किदुग अमेरिकाका महासचिव हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ५ : ०० बजे