२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

जन सम्पर्कको विवाद मिलाएर फर्कन्छु- शशांक कोइराला


४ जेष्ठ २०७४, बिहिबार  

2
Shares

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले जनसम्पर्क समिति अमेरिकामा रहेको विवाद समाधानका लागि आफुले प्रयास थाल्ने बताएका छन् । नीजि भ्रमणका लागि अमेरिका आएका कोइरालाले न्युयोर्क स्थित जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा एभरेस्ट टाइम्ससँग विषेश कुराकानीको क्रममा आफ्नो स्वागतका लागि एकै स्थानमा कार्यक्रम गर्नका लागि पहल गर्ने पनि बताए ।
 
महामन्त्रीको स्वागतका लागि शनिवार मात्र जन सम्पर्क समिति केन्द्रीय समिति र न्युयोर्क च्याप्टरले फरक फरक स्थानमा कार्यक्रम राखेका छन् । महामन्त्री कोइरालाले दुबै पक्षलाई बोलाएर एक ठाँउमा कार्यक्रम गर्नका लागि पहल गर्ने बताएका थिए । महामन्त्रीको स्वागतका लागि जनसम्पर्क समितिका दुबै पक्ष विमानस्थल पुगेका थिए ।
 
महामन्त्रीले आफैले व्यवस्था गरेको मोटरमा जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट र पूर्व संयोजक विष्णु सुवेदी पनि विमानस्थलबाट होटल तर्फ लागेका छन् । यसै बीच महामन्त्री कोइरालाले नेपाल सरकारले हालै गरेको राजदुत नियुक्ति सिफारिसलाई पनि सच्याउनु पर्ने बताएका छन् । प्रस्तुत छ विमानस्थलमा नै एभरेस्ट टाइम्सका लागि बिष्णुहरि घिमिरेले गरेका कुराकानीको सम्पादित अंशः
अमेरिका भ्रमणमा अाइपुग्नुभएको छ, भ्रमणको उद्देश्य के हो बताइदिनुहोस न ?
हुन त यो व्यक्तिगत भ्रमण हो, भतिजीको विवाह पनि छ र छोरीलाई भेटन पनि हो । तर कांग्रेसको महामन्त्री भइसके पछि साथीहरुलाई भेटने अवसरको रुपमा पनि मैले लिएको छु ।
औपचारिक कार्यक्रमहरु के के छन पार्टीको तर्फबाट ? 
त्यस्तो कार्यक्रम केही छैन, तर साथीहरु भेटन चाहान्छन, न्युयोर्क, डालस, सानफान्सिस्को, लसएन्जलसका साथीहरुले भेटन चाहेका छन्, हामीहरुले केही ठाँउमा भेटघाट कार्यक्रम राखेका छौ ।
जनसम्पर्क सम्पर्क समितिमा विवाद छ, न्युयोर्कमा यहाँको स्वागतका लागि भन्दै एकै दिन दुइ स्थानमा कार्यक्रम राखिएका छन् नि ? 
मेरो पहिलो प्राथमिकता के हो भने पहिला साथीहरु मिल्न पर्‍यो । त्यसका लागि मैले के सोचेको थिए भने, साथीहरुलाई म नै बोलाउछु, दुइ वटै समुहलाई बोलाएर छलफल गर्छु, केही निर्णय गर्न सकिन्छ कि ? अब दुइ वटै पक्षलाई हेरेर जानु पर्‍यो, आधिकारिक एउटा छ भनेको त छदै छ, यो विवाद अब मिल्नु पर्छ ।
एकै दिन दुई ठाँउमा कार्यक्रम छ, तपाइ दुबै स्थानमा उपस्थित हुनु हुन्छ कि ? 
होइन भरसक एकै स्थानमा कार्यक्रम गर्नु पर्छ, मेरो प्रयास त्यसैमा रहन्छ ।
अब अलिकति नेपालको कुरा गरौ, पार्टी सभापति शेरबहादुर देउवा अहिले भारत भ्रमणमा हुनु हुन्छ त्यहाँबाट फर्किए पछि नेपाली कांग्रेस सरकार परिवर्तनमा लाग्छ भनिएको छ, यो साँचो हो ?
congresहोइन, त्यहा उहाँको कुरा भइरहेको छ भारतमा तर भारतलाइ हेर्नु भएन नी यो त नेपालको कुरा हो, त्यहाँ गएर सल्लाह गरेर आएर निर्णय गर्ने होइन नी,  सबै भन्दा मुख्य कुरा त नेपालमा बसेर नेपालीनै निर्णय गर्नु पर्‍यो, अहिलेको अवस्था के छ भन्दा,सरकार परिवर्तन गर्दा नेपाली काग्रेस ठूलो पार्टी हो नेपाली काग्रेसले निर्णय गर्नु पर्छ भन्ने कुरा ठिक पनि हो, तर अर्को तिर सरकारमा जादा जादै हामी त्यो समस्या समाधान गर्न सक्छौ, के नौ महिनामा नै सत्ता परिवर्तन, हामीले सरकार जादा खेरी ठोस योजना सहित जानु पर्छ, मधेशी समस्याहरुको जुन आएको छ, कालाबजारीहरुको कुरा आएको छ, भुइचालोले क्षतिग्रस्त नेपाल भएको छ । पारदर्शी किसिमले हामीले वितरण गर्नु सक्नु पर्‍यो, हेर्नुस एउटा हिउद गइ सक्यो, अर्को बर्खा आउदै छ अहिले सम्म भुकम्प पिडितले केही पाएको छैन, यी सबै योजनाहरु फिक्स गरेर अनि न सरकारमा जाने हो, खाली सरकारमा जाने र अस्थिरताको राजनीति कहिले सम्म गर्ने, नेपालमा अस्थिरता ७० बर्ष भइसक्यो, खाली अस्थिरता, अस्थिरता, अहिले एउटा ठूलो उपलब्धि आएको छ संविधानले, जहाँ हामीलाई लोकतन्त्र दिएको छ, सबै भन्दा ठूलो कुरा त त्यही नै हो, त्यसमा संघियता पनि छ, सबैको समावेसीकरण सिद्धान्तले सबैलाई आफ्नो अधिकार दिएको छ जनजाती आदिवासी, यसैलाई हामीले अगाडी बढाएर लिएर जानु पर्छ यो ठूलो चुनौति हो ।
जस्तै कांग्रेसकै केही नेताहरुले अहिले काठमाडौंमा यो सरकारको आयु धेरै छैन भनिरहेका छन् नि ?
होइन, तर नेतृत्व लिनु पर्छ त्यो ठिक हो, तर हामीले पनि एउटा योजना त तर्जुमा गर्नु पर्‍यो नी, सरकारमा जानका लागि सत्तामा जानका लागि जाने होइन, हामी जादा हाम्रा योजना के के हो त्यो स्पष्ट भएर अनि जानु पर्‍यो, त्यो गर्नका लागि एमाले माओवादी अरु दल सँग वार्ता त गर्नु पर्‍यो, अहिले हामी योजना तर्जुमा गर्ने र अरु दलहरु सग गम्भिर वार्ता गर्नु पर्ने आवश्यकता देखिन्छ । तसर्थ अहिले खाली सरकार ढाल्ने, हरेक छ महिना नौ महिनामा सरकार ढालेर अस्थिरता निम्त्यायो भने भोली हामी कसरी कार्यन्वयन गछौ संविधानको झन समस्याको समाधान हुन सक्दैन ।
अहिले तत्कालै बरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ पनि आएको छ राजदुत नियुक्तीका लागि सरकारले गरेको सिफारिसमा यसमा तपाईको के धारणा के छ ?
यो एकलौटी गर्ने प्रयास गरेकै हो, किनभने अहिले सुनुवाइ समिति छैन, हुन त सुनुवाइ समिति छ, ७१……–७२ जनाको सुनुवाइ समिति छ, तरउनीहरुको भनाई के हो भने अपर र लोवर हाउस मिलेर सुनुवाइ समिति हुनु पर्दछ, संविधानले त्यही दिएको छ । हाम्रो भनाइ के हो भने त्यस्तो हो भने त तपाइहरुले पनि पर्खनु पर्‍यो नी, या छलफलको आधारमा नेपाली काग्रेस वा अरु दलहरु सँग छलफल गरेर राजदुतको नियुक्ति हुनु पर्‍यो, त्यसैले समिति नभइ उनीहरुले गर्दा यो ठिक होइन ।
सिफारिसमा कांग्रेसको आधिकारिक धारण के त ? 
काग्रेसले त विरोध गर्छ, हाउसमा विराध गर्छ, मे को पहिलो हप्ता हाउस डाकेको छ त्यो समयमा विरोध गर्छ, त्यतिमात्र होइन अहिले नै वार्तामा गएर उनीहरु सँग घोर विरोध गर्न पर्छ, एकलौटी गर्न खोजेको देखिन्छ ।
सिफारिस नै परिवर्तन गर्न पर्छ भन्नु भएको हो ? 
सिफारिस त परिवर्तन हुनै पर्छ, फेरी त्यो भन्ने व्यक्तिकै व्यक्तmीवादी यसलाई दिने उसलाई दिने त्यो भन्दा पनि एउटा निती त हुनु पर्‍यो नी, त्यो अनुसार जानु पर्‍यो, म तपाइलाई स्मरण गराउछु, शैलजा आचार्यको जव नियुत्ति भएको थियो कत्रो विद्रोह भएको थियो, हुन सकेन नी, त्यस्तै परिस्थिती अहिले पनि, मलाई लाग्छ सम्मानीय प्रधानमन्त्री ज्युले र खास गरी एमालेले यो विषयमा गम्भिर हुनु पर्छ भन्ने मलाई लाग्छ ।
संविधान कार्यन्वयनको कुरा आइरहेको छ, विषेश गरि यो मधेशको मुद्धाको बारेमा तपाइ मधेश प्रति अलिकति नरम पनि हुनु भएको थियो महाधिवेशन अगाडी, समस्या जहाँको त्यही छ, मधेसवादी दलहरुले राजधानी केन्द्रित आन्दोलन गर्ने तयारीमा छन् ।
यसमा दुइ वटा कुरा छ, नेपाली काग्रेसको जरो भनेको मधेस नै हो, त्यसैले उनीहरुको मुद्धा हामीले सुन्नै पर्छ । उनीहरुले ११ बुद्धे ज्ञापन दिएका छन् सरकारलाई । मुख्य मुद्धा भनेको सिमाङनकै लागि लिएर हो । यसमा मेरो भनाइ के छ भने सबै भन्दा महत्वपूर्ण कुरा हो हामी परामर्शमा जानु पर्‍यो । सहमतिमा जानु  पर्‍यो । दोस्रो कुरा काउन्सिलिङको कुरा पनि आउछ । उनीहरुलाई सम्झाउन पनि पर्‍यो, उनीहरुले हामीलाई सम्झाउन सक्न पर्‍यो, अहिले सात वटा राज्य छ छ भोली आठ वटा पनि हुन सक्छ, त्यो गर्ने हो भने दुइ तिहाइ चाहियो, भन्दाखेरी एमालेलाई पनि साथ लिएर जानु पर्‍यो, त्यसैले हामी एकदमै क्याच ट्वान्टी टु सिचुइएसनमा छौ, गाह्रो छ त्यती सजिलो छैन, मुद्धालाई सम्वोधन गर्दै गर्दा कतिपय मुद्धामा दुई तिहाइ हुनु पर्ने हुन सक्छ होइन भने चै काउन्सिलिङ गरेर अहिले चै सात वटा हेर्दै जाउ पछि पुर्नविचार गरौला भन्ने यो सबै काउन्सिलिङको कुरा हुन, म त डाक्टर मान्छे, डाक्टरले जसरी काउन्सिलङि गर्छ ? अब दलहरु सँग काउन्सिलिङ गरेर अगाडी बढ्नु पर्‍यो, यो अस्थिरताको राजनीति गर्नु भएन ।
महाधिवेशन अगाडी आएको तपाइको हिन्दु धर्म र राजसंस्था माथिको विचार विवादमा परेको थियो नि ?
के विवाद छ र त्यसमा  मैले १३ औ महाधिवेशनको पूर्व सन्ध्यामा  भनेको थिए, महाधिवेशन भनेकै रिभ्याउएट रिएसेस हो, चार सालमा देखि आज सम्म नेपाली काग्रेसले गरेका जतिपनि निर्णायक भूमिका छन त्यसमा प्रश्न चिन्न नराख्ने ? राख्नै पर्छ, २७ सालमा विशेश्वर प्रसाद कोइरालाले बन्दुक उठाउनु भयो, प्रश्न नराख्ने किन उठाउनु भो भनेर ३३ सालमा मेलमिलापको नीति लिएर आउनु भो, सम्पूर्ण कुराहरु यो अधिवेशन भनेको चार पाच बर्षमा एक पटक आउने कुरा हो त्यो बेलामा त हामीले इतिहासलाइ नहेरिकन अगाडी कसरी जान सक्छौ, त्यसैले मैले भनेको पुर्नविचार हरेक कुरामा हुनु पर्छ, त्यो होइन भने त हामी प्रजातन्त्रवादी नै रहेन रहेछौ,
तपाई हिन्दुधर्मको पक्षमा अझै पनि हुनुहुन्छ ?
अब विषयहरु धेरै छ, जस्तै हिन्दुत्वको विषय, कुन विषय तपाइ अगाडी ल्याउनु हुन्छ र तपाइको बागडोरमा त्यो विषय हुन्छ कि हुदैन, नत्र भए अतिवादी शक्तिहरु अहिले पर्खि रहेका छन् । अस्तिरता आओस हामफालौ हामी झन अस्थितर बनोस, त्यसैले अहिले ठिक समय हो यो हिन्दुत्वको मुद्धा लिएर आउन भन्ने एउटा प्रश्न चिन्ह छ, हो म  आफै कोइराला हो, ब्रामण्ड हो त्यसैले म पनि भन्छु हिन्दु राष्ट्र हुनु पर्छ भनेर तर त्यो मुद्धा कुन समयमा उठाउनु पर्ने हो ? त्यस्ता मुद्धाहरु धेरै छन । १०५० को ट्रिटीका मुद्धाहरु छन्, त्यस्ता मुद्धाहरु धेरै छन तर कुन परिस्थितीमा ल्याउदा राष्ट्रलाइ अस्थिर बनाउदैन, भुइचालोले ग्रस्थ छ राष्ट्र अहिले पनि हामी विरोधका लागि विरोध गरिरहेका छौ हामीले त सकारात्मक विरोध गनु पर्छ रचनात्मक विरोध गर्नु पर्छ,  होइन र ? कि विरोधका लागि विरोध, जस्तो मदन भण्डारीले म यो सरकारलाई तीन महिना भित्रमा ढालिदिन्छु भनेर गिरिजा प्रसादलाई भनेको होइन ? जवकी काम नै गर्न दिएको छैन, त्यस्तो विरोध हामी नेपाली काग्रेस गर्दैन ।
अन्तमा जनसम्पर्क समिति अमेरिकामा एउटाले अर्कोलाई कारवाही गरेको अवस्था छ, महामन्त्री नेपाल फर्कदा सम्ममा यो विवाद मिल्ला ?
मेरो प्रयास र प्रयत्न रहन्छ, मैले पनि यहाँ बसेर काउन्सिलिङ गर्नु पर्छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ७ : ०७ बजे