१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्राथमिकता शेर्पा म्युजिक भिडियोलाई, नेपालीमा पनि राम्रै काम पाइरहेकी छुँ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

जाङ्मु इन शेर्पा यतिबेला मोडलिङमा आफुलाई स्थापित गराउन लागिपरेकी छन् । संखुवासभा, मकालुकी जाङ्मुले मोडलिङमा पाइला राखेको एक वर्ष पुरा भयो । यसअवधिमा उनले सातवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
बिजनेसमा प्लस टु सकाएकी उनले हालै अभिनयको कक्षा पनि लिएकी छन् । अभिनेत्री ऋचा शर्मासँग अभिनय कक्षा लिएपछि अभिनयमा अझ निखार आएको र उत्साह बढेको उनले सुनाइन् । १३ वर्षको उमेरमा ‘मिस किड् क्विन नेपाल’मा भाग लिएपछि मोडलिङमा मोह बढेको उनको भनाई छ । त्यसपछि उनी मिस एसएलसी–२०१५ मा प्रतिस्पर्धामा उत्रिइन् । टप फाइभ भइन् । मिस इ–कलेजमा पनि प्रतिस्पर्धा गरिन् ।

मोडलिङमा कसरी ‘इन्ट्री’ मार्नुभो ?
मलाई यस क्षेत्रमा प्रवेश गर्ने इच्छा पहिलेदेखिकै हो । डिजे नावाङसँग पहिलेदेखिकै चिनजान थियो । उहाँले गायक रोज मोक्तानसँग भेटाइदिनुभयो । त्यसपछि उहाँको प्रोजेक्टबाट मोडलिङमा काम सुरु भयो ।
बिजनेसको विद्यार्थीको मन मोडलिङले कसरी ढल्कियो ?
बिजनेस पढ्नेले पनि मोडलिङ गर्न पाइन्छ नि हैन(हाँसो) । खासमा मेरो बाआमा बिजनेसमा हुनुहुन्छ । त्यसैले उहाँहरुको आग्रहमा मैले बिजनेस पढेकी हुँ । पढाई र करिअर बेग्लै भएपनि खासै फरक होलाजस्तो मलाई लाग्दैन ।
तपाईं लोकदोहोरी, आधुनिक, रकमा कुनमा बढी मोडलिङ गर्न रुचाउनुहुन्छ ?
अहिलेसम्म मैले ५ वटा शेर्पा गीत र २ वटा नेपाली गीतमा मोडलिङ गरेकी छु । आधुनिक गीतमा फिट हुन्छु जस्तो लाग्छ । लोकदोहोरीमा अहिलेसम्म काम नै गरेकी छैन ।
मोडलिङलाई समाजले कसरी हेर्दोरहेछ ?
कतिपयले त यो पेसालाई नराम्रो मान्ने रहेछन् । तर, आफुले राम्रो हिसाबले गर्नुपर्छ । भोलिका दिनमा राम्रो भएपछि उनीहरुले पनि राम्रै मान्छन् । घरपरिवारको सर्पोट भएकोले म निर्धाक्क छु ।
शेर्पा र नेपाली गीतमा मोडलिङ एकैपटक आयो भने कुनलाई प्राथमिकता दिनुहुन्छ ?
समय मिलाएर दुबै गर्छू । तर, रोज्नै परे शेर्पा पहिलो प्राथमिकतामा राख्छु ।
शेर्पाहरु हिमाल आरोहणसँग नामी छन्, तपाईंको हिमाल चढ्ने योजना पनि छ कि ?
भर्खरै सातपटक सगरमाथा चढेर कीर्तिमान बनाउनुभएकी लाक्पा शेर्पा मेरो हजुरआमा पर्नुहुन्छ । तर मलाई भने हिमाल चढ्न एकदम डर लााग्छ । पछि डर भाग्यो र रहर पलायो भने भन्न सकिन्न ।
धेरै फोटोसुट पनि गरिसक्नुभयो होला, हिउँसँगै फोटोसुट गर्नुभएको छ कि ?
मैले तीनचारपटक फोटोसुट गरिसकें । तर, हिउँसँग खेल्नै पाएकी छैन । काठमाडौंमा हिउँ नै पर्दैन । आफ्नो जन्मभूमिमा त्यति जाने अवसर नै पाउँदिनँ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ८ : ०६ बजे