२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

इन्द्रावतीमा यसरी सम्पन्न भयो जनप्रतिनिधिको सपथ र पदभार ग्रहण


११ जेष्ठ २०७४, बिहिबार  

0
Shares

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले एक समारोहकाबीच सपथ ग्रहण गरेका छन् । निर्वाचित अध्यक्ष वंशलाल तामाङ, उपाध्यक्ष मीरा लामालगायत १२ वडाका वडाध्यक्ष र वडासदस्यहरूले एकैसाथ सपथ लिएका हुन् ।

कार्यक्रममा अध्यक्ष र उपाध्यक्षलाइ निर्वाचन अधिकृत एवं उपसचिव हरि बखतीले सपथ खुवाएका थिए भने वडाअध्यक्ष र सदस्यहरूलाइ अध्यक्ष तामाङले सपथ खुवाए । उनीहरूले इश्वर, देश र जनताको नाममा सपथ खुवाएका थिए ।

सपथ कार्यक्रमपछि निर्वाचित पदाधिकारीलाइ भीमप्रसाद दाहालले स्वागत गरेका थिए । सोही दिन निर्वाचित अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका थिए ।

पदभारपछि बसेको पहिलो बैठकले सम्पूर्ण वडालाइ व्यवस्थित गर्ने र एक हप्ताभित्रमा वडामा पदभार ग्रहण गर्न लगाउने र अागामी कार्ययोजना निर्माण गर्ने निर्णय गरिएको कार्यकारी अधिकृत दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहिबार  ८ : ५८ बजे