फोनबाट डाटा डिलिट हुने गल्ती जो कसैबाट हुने गर्छ । विभिन्न कुरामा ध्यान नपु¥याउँदा कहिले फोटो, सन्देशलगायत सामग्री नष्ट हुन पुग्छन् । यस्तोमा ठूलो समस्या त त्यति बेला हुन्छ, जब पूरै कन्ट्याक्ट लिस्ट नै हराउँछ । यस्तो हुँदा हामी आफ्ना नजिकका साथीभाइ र आफन्तसँग नम्बर माग्ने विकल्पतिर लाग्छौं । तर, केही यस्ता कन्ट्याक्ट हुन्छन्, जुन निकै आवश्यक भएर पनि पुनः पाउन कठिन हुन्छ ।
यस्तो अवस्थामा कन्ट्याक्ट लिस्टको पुनःस्थापना अपरिहार्य हुन्छ । तर, एन्ड्रोइड फोनबाट डिलिट भइसकेका कन्ट्याक्ट पुनःस्थापना गर्ने उपाय भने धेरैलाई थाहा हुँदैन । कन्ट्याक्ट लिष्ट पुनःस्थापना गर्न कठिन भए तापनि असम्भव भने छैन । डिलिट भइसकेका कन्ट्याक्ट लिस्ट रिकभर गर्न सकिन्छ ।
फोनबाट डिलिट भइसकेका कन्ट्याक्ट लिस्ट रिकभर गर्न सर्वप्रथम एन्ड्रोइड डाटा रिकभरी सफ्टवेयर डाउनलोड गर्नुपर्छ । तर, क्षमता भएका सफ्टवेयरका लागि भने केही शुल्क तिर्नुपर्छ । आफ्नो फोनमा एन्ड्रोइड डिभाइस म्यानेजर इन्स्टल गरेपछि फोनलाई पर्सनल कम्प्युटर (पीसी)सँग जडान गर्नुपर्छ । अब यूएसबी डिबगिङ अन गर्नुहोस् । यसो गरेपछि आफ्नो उपकरण आइडेन्टिफाइड भएरनभएको निक्र्योल गर्नुपर्छ । आइडेन्टिफाइड भएपछि स्क्यान प्रक्रिया सुरू गर्नुपर्छ ।
स्क्यान गरेपछि डिलिट भएका फाइलका बारेमा स्क्रिनमा जानकारी उपलब्ध हुन्छ । तीमध्ये आफूलाई आवश्यक पर्ने फाइलको छनोट गर्नुपर्छ । आफूलाई आवश्यक पर्ने फाइलमा क्लिक गरी सेलेक्ट गरेपछि नेक्ट अप्शनमा क्लिक गर्नुहोस् । अब भने अर्को स्क्रीनमा ‘अलो’ अर्थात् आज्ञा दिने अप्सनमा क्लिक गर्नुपर्छ । यति गरेपछि रातो र कालो रङमा फाइल प्रस्तुत हुन्छन् । यी रङमध्ये रातो रङका फाइल फोन मेमोरीबाट हटाइएका फाइल हुन् । तिनलाई सेलेक्ट गरी फोनमा पुनःस्थापना गर्न सकिन्छ । (एजेन्सी)