२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

माअोवादीको माग-भरतपुरको वडा १९ मा पुन मतदान हुनुपर्छ


१५ जेष्ठ २०७४, सोमबार  

0
Shares

काठमाडाैं । माअाेवादी केन्द्रले भरतपुरको वडा १९ मा पुनः मतदान गर्न माग गरेको छ । चितवन माओवादी केन्द्रका इन्चार्ज इश्वरी भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै भरतपुर घटनामा एमाले दोषी रहेको र स्थानीय तह ऐन अनुसार सम्बन्धित मतदान केन्द्रमा तत्काल निर्वाचन गर्न माग गरेको हो ।

भट्टराइले एमालेका चार जना प्रतिनिधि एक्कासी मतगणनास्थलमा प्रवेश गरी मतपत्र कव्जा गरेपछि घटना भएको दाबी गर्दै नामै किटेका छन् । माओवादी केन्द्रले नामै किटेर कृष्ण न्यौपाने, गणेश लामा, आश्विन घिमिरे र प्रकाश ढुङगानाले मतपत्र कव्जा गर्न खोजेपछि माओवादी केन्द्रका प्रतिनिधि द्रोणबाबु सिवाकोटी र मधु अधिकारीले रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको जनाएको छ ।

माओवादीले घट्नास्थलबाट गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहाइको मागसमेत गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार  ३ : ०२ बजे