काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सारेको छ । जेठ ३१ गते हुने भनिएको आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।