२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

देउवाको नेतृत्वमा सरकार बन्दै, गृह माअोवादीलाइ, अर्थ कांग्रेसलाइ


१८ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । सहमतीय सरकारको म्याद गुज्रेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठन गर्न राजनीतिक दलहरूलाइ अाह्वान गरेकी छन् । यो सँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने पक्कापक्की भएको छ ।

एमालेले संसद अवरूद्ध जारी नराखेमा २१ गतेसम्ममा देशले देउवा प्रधानमन्त्रीका रूपमा पाउनेछन् । नेपाली कांग्रेस र माअोवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ११ गते राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीका लागि चुनाव हुने र उक्त चुनावमा माअोवादीले कांग्रेसलाइ समर्थन गर्ने सहमति भइसकेकाे छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि देउवा सरकारमा रहनेछ भने राप्रपा सकारात्मक देखिएको छ ।

नयाँ सरकारमा गृहमन्त्रालय माअोवादीलाइ दिइने र अर्थमन्त्रालय कांग्रेसले राख्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार  १ : ३५ बजे