२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

प्रधानमन्त्री निर्वाचन जेठ २१ गते, भोलि मनोनयन दर्ता, २० गते उमेदवारी


१९ जेष्ठ २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्रीको निर्वाचन आगामी जेठ २१ गते हुने भएको छ।  शुक्रबार संसद सचिवालयले नयाँ प्रधानमन्त्री छनोटका लागि जेठ २१ गते ११ बजे निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपदफा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति र समय तोकिएको हो ।

कार्यतालिका अनुसार जेठ २० गते शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने उम्मेदवारीको सूची प्रकाशन पनि सोही दिन साँझ साढे चार बजे हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार  ६ : १२ बजे