२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

बन्दुकधारीले होटलमा अागो लगाउँदा ३६ को मृत्यु


१९ जेष्ठ २०७४, शुक्रबार  

0
Shares

मनिला । फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको छ ।

बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको यस आक्रमणमा परी आक्रमणकारी स्वयम्लगायत ३६ जनाको मृत्यु भएको हो । आगजनी र गोलीसमेत प्रहार गरी ३६ जनाको हत्या गरेपछि उनी स्वयम्ले आमहत्या गरेका थिए ।

यस आगजनीको पाँच घन्टापछि आक्रमणकारी स्वयम्ले आत्मदाह गरेका र ती बन्दुकधारी आगजनीको क्रममा एम ४ राइफल र पेस्ट्रोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् ।

फिलिपिन्सको सुरक्षा अधिकारीहरूले यो घटना आतङ्ककारीहरूले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन् ।

“क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरू भेटिएका थिए भने, अन्य केही शवहरू होटेलको आराम कक्षमा भेटिएका दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताए ।

हाल होटेल प्रहरीको कडा निगरानीमा रहेको त्यहाँ कसैलाई पनि जान नदिइएको टोमसले बताए ।

स्रोत-तस्विर(द सनबाट साभार)

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार  ६ : २४ बजे