३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

लसुनको भाउ सुनेर किसानलाई ‘हर्ट एट्याक’, अस्पताल पुग्दा मृत घोषणा


२१ जेष्ठ २०७४, आइतबार  

0
Shares

कोटा । भारतको राजस्थानस्थित कोटा जिल्लाका एक किसानको ज्यान गएको छ । लसुन बेच्न मन्डी भन्ने ठाउँमा आएका ती किसानको ह्दयघात भएर मृत्यु भएको भारतीय समाचार एजेन्सी भास्कर अनलाइनले जनाएको छ ।

दुःख गरी लसुन फलाएका ती किसानले लसुनको भाउ एकदम कम भएको सुन्नसाथ ह्दयघात भएको र उनको साथीले एमबीएस अस्पतालमा भर्ना गरेको बताइएको छ । अस्पताल पुग्दा डाक्टरले उनलाई मृत घोषणा ग¥यो ।

किसान ३२ वर्षे सत्यनारायण मीणा रहेको बताइएको छ । पहिले किलोको २१ रुपैयाँमा लसुन बेचेका उनी लसुन बेच्न मन्डी पुगे । मन्डीमा यसपटक किलोको ५ रुपैयाँमात्र भएको सुने । भाउ सुन्नसाथ उनलाई ह्दयघात भएको उनका साथीले बताए ।

भारतीय कृषि विशेषज्ञाहरुका अनुसार एक किलो लसुन उत्पादनमा लगभग ३० रुपैयाँ भारु लगानी हुन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार  ६ : १३ बजे