रामचन्द्र पाैडेल
नेपालमा अहिले बिषम परिस्थिती छ । यो परिस्थितीमा नेपालमा राष्ट्रिय एकता आवश्यक छ । त्यो राष्ट्रिय एकता भनेको हिमाल पहाड तराईको एकता हो । अहिले देशलाई निकास चाहिएको छ । जनतालाई विकास चाहिएको छ । त्यो राष्ट्रिय एकतापछि मात्र संभव छ ।
नेपाली कांग्रेसले जनताको जीवनलाई माथि उठाउन नेपाललाई माथि उठाउन राष्ट्रको सार्वभौमिकतालाई अक्षुण राख्नका लागि जसरी कांग्रेसले काम गरेको छ । २००७ साल देखि पटक पटक व्यवस्थाका लागि संघर्ष भए । अहिले त्यही पेरिफेरिमा अहिले ७० वर्ष यता एउटा राजनीतिक सिष्टमको टुंगो लागेको छ ।
अहिले नेपालको ठुलो प्राथमिकता भनेको राष्ट्रलाई एउटा राजनीतिक पद्दती कायम गर्ने हो । त्यसपछि मुलुकलाई समृद्धिमा बढाउने हो । कांग्रेस मिसन र भिजन सहित मुलुकको समृद्धिमा लागेको छ । वीपी गणेशमानले देखाएको बाटोमा छौ । नेपालमा हामीधेरै भौतारियो । अब बाटो समात्नुपर्छ ।
निमुखालाई न्याय र बिपन्नलाई आय भन्ने नै समाजवाद हो । अहिले पनि अड्डा अदालतमा कुन पार्टीको हो भनेर काम गरिदिने प्रचलन छ । सवैभन्दा पहिले यो रोक्नुपर्छ । सवैभन्दा निमुखले न्याय पाउनुपर्छ । विपन्नले आय पाउनुपर्छ । जनतालाई क्वालिटीको जीवन दिनुपर्छ । यसका लागि कृषि क्रान्ति गर्नुपर्छ । किसानको जीवन श्रमीकको जीवनलाई सहज बनाउन सक्नुपर्छ । यही हो समाजवाद ।
ग्रामिण स्वबलम्बनको कार्यक्रम कांग्रेसले सुरु गरेका थियो । गाँउ गाँउमा बाटो विजुली स्वाथ्य संचार पु¥याएपछि जनतालाई अब रोजगारीको अवसर दिन सक्नुपर्छ ।
अब राम्रो शिक्षा गाँउमा दिने राम्रो स्वास्थ्य सेवा गाँउमा लैजाने अनि रोजगारी गाँउमा दिने हो । यसमा हामी स्पष्ट धारणाका साथ विकासमा अगाडि बढ्न चाहान्छौ ।
(२०७४ साल जेठ २३ गते संसदमा प्रधानमन्त्रीका उमेदवार शेरबहादुर देउवाको प्रधानमन्त्रीको उमेदवारीलाई सर्मथन गर्ने क्रममा कांग्रेसका वरिष्ठ नेता पाैडेलले संसदलाई गरेको सम्बोधनका मुख्य अंश )