४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

असार १४ को निर्वाचन गर्न नसके देउवाले अक्षमताको भारी बोक्छन् : एमाले


३१ जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले असार १४ गतेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न नसके प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को असक्षमताको बिल्ला भिर्ने आरोप लगाएको छ।

 

बुधबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सचिव योगेश भट्टराईले यस्तो बताएका हुन् । त्यस्तै एमालेले आजको बैठकमा राजपा नेपालका मागबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेले घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जघन्य अवराधमा संलग्न नभएका तथा निर्दोषमाथि लागेको मुद्दा फिर्ता लिन सकिने बताएको छ ।

 

प्रधानमन्त्री स्वयंम र उनको दल कांग्रेसबाट सार्जवनिक धारणाले असार १४ को चुनाव गर्न चाहँदैन कि भन्ने आशंका जन्माएको एमालेले बताएको छ । १,२, ५ र ७ नम्बर प्रदेशमा असार १४ मै चुनाव हुनु पर्ने भन्दै एमालेले राजपालाई पनि चुनावमा आउन आउन आहृवान गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७४, बुधबार  ४ : ४७ बजे