काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । गत चैत पहिलो साता लिएको १० कक्षाको अन्तिम परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ ।
नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसइइ परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने, त्यसैगरी एसएमएस र परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।